राप्रपाको अध्यक्ष बनेर संसदमा आउन पूर्व राजा शाहलाई झलनाथ खनालको चुनौती
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाह राजतन्त्र फिर्ताको लागि मन्दिरमा पूजा गर्दै हिडेको टिप्पणी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित १५औं गणतन्त्र दिवसः उपलब्धि र रक्षा, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका समसामायिक विषयमा विशेष अन्तर संवाद कार्यक्रममा उनले शाहले गरिरहेको अभयासले फेरि हिजोको गल्ती फिर्ता नआउँने बताए । उनले राजतन्त्र फिर्ता आउँने शाहको सपना सपनामा मात्र सीमित हुने दावी पनि गरे ।
उनले शाहलाई बरु राप्रपाको अध्यक्ष बनेर संसदमा आएर आफ्ना कुरा राख्न सुझाब दिए ।
उनले भने ‘अहिले पूर्व राजा ज्ञानेन्द्र शाह विभिन्न ठाउँमा हिडिरहेका छन् । हिड्नुहोस् राजा नि भन्दिन् ज्ञानेन्द्र हो । के मा भन्दा मन्दिर मन्दिरमा हिड्दैछन् । त्यहाँ जादा मानिसहरुसँग भेट हुन्छ । ती मानिसहरुको भावनाको उपयोग गर्न जान्छन् । यी सबै कुराको अभ्यास त गर्नुहोस् ज्ञानेन्द्र जी तर यसबाट फेरी हिजोको गल्ति फिर्ता आउँछ भन्ने सपना देखेको छ भने दिउँसै आकाशतिर हेरेर देखेको सपना सपना मात्र हुन्छ । यो प्राप्त हुँदैन बरु पार्टी खोल्नुहोस् राप्रपाको अध्यक्ष बनेर सांसदमा आउँनुहोस् । आफ्नो कुरा राख्नुहोस् । मन्दिरमा गएर पूजा गरेर राजतन्त्र कुनै हालतले फर्किदैन् ।’
उनले अहिलेको लोकतन्त्र र गणतन्त्रबाट जनतालाई कुनै खतरा नरहेको बताए ।