पत्रकारहरुको व्यवसायीक सुरक्षाको विषय पेचिलो बन्दै छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको व्यवसायीक सुरक्षाको सवाल पेचिलो बन्दै गएको बताएका छन् ।
शनिवार काठमाडौंमा नेपाल प्रेस युनियको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अझै श्रमजीवि पत्रकारहरु समस्याको भूमरीमा परेको भन्दै फरक ढङगले प्रेस आन्दोलनमा उत्रिन आवश्यक रहेको टिप्पणी गरे ।
आर्थिक सङकटको नाममा श्रमजीविलाई मारमा पार्ने प्रवृति बढेको उनको गुनासो छ ।
उनले भने ‘आज नेपाली प्रेसका तमाम मुद्धाहरु छन् । अझै श्रमजीवि पत्रकारहरुको व्यवसायीक सुरक्षाको सवाल पेचिलो बन्दै गईरहेको छ । समस्याको भूमरीमा हामी परिराखेको छौं । यो बेला नेपाली प्रेसले फरक ढङगले आन्दोलन गर्न जरुरी छ । एकतावद्ध साझा अभियान थाल्न जरुरी छ । आर्थिक सङकटको नाममा संचार संथाहरु कमजोर छ भन्ने नाममा श्रमजीविलाई मारमा पार्ने प्रवृति बढेको छ ।’
उनले सामाजिक संजालको बढ्दो प्रयोगले समाजमा अप्रमाणित र खराब भाष्य स्थापित हुँदै गएको भन्दै आपत्ति जनाए ।