राजनीतिक कमजोरीलाई देखाएर गणतान्त्रिक पद्धतिमाथि नै आक्रमण भईरहेको छ : अध्यक्ष पोखरेल
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजनीतिक कमजोरीलाई देखाएर गणतान्त्रिक पद्धतिमाथि नै आक्रमण भईरहेको बताएका छन् ।
बिहीवार गणतन्त्र दिवस २०८० को अवसरमा हाम्रो संस्कृति हाम्रो सम्पदा विषयक साताव्यापी तस्बीर प्रदर्शनी कार्यक्रममा उनले राजनीतिक कमजोरीलाई देखाएर गणतान्त्रिक पद्धतिमाथि नै आक्रमणको प्रयत्न भएको टिप्पणी गरे ।
उनले भने, ‘राजनीतिक कमजोरीलाई देखाएर पद्धतिमाथि नै आक्रमण गर्ने गणतान्त्रिक व्यवस्थामाथि नै खराब हो भन्ने जुन प्रयत्न हुन थालेको छ यो आफैमा अत्यन्तै खेदजनक छ । लोकतन्त्र भन्दा अन्य कुरामा गएर बहस गर्न थालियो भने हामी राजनैतिक हिसाबले र समाजको परिवर्तित स्वरुपलाई पनि बुझ्दैनौ ।’
उनले गणतन्त्र जिवन पद्धति भएकाले यसलाई जिवन पद्धतीका रुपमा स्विईकार्न सकियो भने मात्र गणतन्त्रको लाभ जनताले लिन सकिने बताए ।