रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
लामिछाने विरुद्ध प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दायर गरेको रिट बुधबार अदालतमा दर्ता भएको हो ।
यसअघि सफल दिएको रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय बदर गर्दै ८ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता प्रक्रिया गरी अघि बढाउन आदेश दिएको थियो ।
अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई कायम नरहेको नागरिकताको प्रतिलिपिबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै युवराज पौडेल सफलले दिएको रिट बुधबार दर्ता भएको हो ।
उक्त आदेश पछि बुधवार रिट दर्ता भएको हो । सो रिटमाथिको सुनुवाइका लागि १७ जेठलाई पेसी तोकिएको छ ।