भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भन्छन् ‘पहिल्यै नक्कली अमेरिका पुगिसके’
काठमाडौं । भुटानी शरणार्थी नेताका रुपमा उच्च सम्मान पाएका टेकनाथ रिजाल नै नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त भए पछि अहिले सिंगो नेपाली भाषी भुटानी शराणार्थी स्तब्ध छ । नेपाल प्रहरीको हिरासतमा उनीसहित १६ जना रहेका छन् ।
भुटानबाट लखेटिएपछि झापाको शिविरमा बस्दै आएका रिजाललाई नेपाल सरकारले पनि उच्च सम्मान दिएको थियो ।
लाखको हाराहारीमा नेपालबाट शक्कली भुटानी शरणार्थीहरु तेस्रो मुलुका पुनर्वासका लागि गएपछि बाँकी रहेका केही संख्यालाई पनि यसैगरी पुनर्वास गराउने भन्दै गिरोह नै लागेपछि त्यसको पर्दाफास भएको छ ।
यो गिरोहलाई साथ दिन तत्कालिन उपप्रधान र गृहमन्त्रीसहित सचिवको पनि मिलोमतो रहेको भन्दै प्रहरीले मुद्दा दर्ताका लागि सरकारी वकीलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
शरणार्थी नेता रिजालको बयान सेतोपाटी डटकमले प्रकाशित गरेको छ । यो बयान पढ्दा २००६ देखि २०१९ सम्ममा १ लाख १३ हजार ३ सय सात जना अमेरिकासहित आठ देशमा पूनर्वासमा गए। त्यसमा अमेरिकामा मात्र ९६ हजार १ सय ७० जना भुटानी शरणार्थी गएको देखिन्छ। बयानका क्रममा रिजालले भुटानी शरणार्थीका नाउँमा पहिला नै केही नेपाली अमेरिका पुगिसकेको बताएका छन् ।