अमेरिकामा सम्पन्न एभरेष्ट तेक्वान्दो : ओपन डिभिजनमा हिमालयन च्याम्पियन
मेरील्याण्ड,अमेरिका/ प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा हिमालयन तेक्वान्दो ह्यारिसबर्ग पेन्सिलभेनिया ओपन डिभिजन तर्फको समुह विजेता भएको छ।
बाल्टिमोरको केटनभिल्स कम्युनीटी कलेजमा शनिवार भएको एक दिने प्रतियोगितामा तीस स्कूलका चार सय भन्दा बढी खेलाडी सहभागि भएका थिए।
एभरेष्ट वल्ड क्लास तेक्वान्दोले प्रतियोगिताको आयोजना गरेको हो । यसका संचालक तथा मुख्य प्रशिक्षक सिनियर मास्टर कुमार कार्की हुन्।
‘प्रतियोगितामा सबै भन्दा धेरै पदक हाम्रै खेलाडीले जितेका हुन तर आयोजक भन्दा बाहेकको स्कूलमा बीचमा सबै भन्दा धेरै पदक जित्नलाई टिम च्याप्पियन घोषणा गरिएको हो।’ समाज टाइम्स सँग कार्कीले भने।
आठ वटा कोर्टहरुमा खेलहरु सञ्चालन भएका थिए। प्रतियोगितामा बर्ल्ड क्लास तर्फ समुह विजेता “सोस तेक्वान्दो एकेडेमी” पेन्सिलभेनिया भयो। उत्कृष्ट मोडल स्कुल तर्फको अवार्ड “यू एस तेक्वान्दो एकेडेमी” मेरील्याण्डले प्राप्त गर्यो।
उत्कृष्ट मोडल स्कूल तर्फको विजेता “जुन लि तेक्वादो एकेडेमी” भर्जिनिया भयो। प्रतियोगितामा पुरुषमा बील पेरिङ्गो र महिला तर्फ बिनिता पुरी राई बेस्ट रेफ्रि घोषित भए।
सिनियर ग्राण्ड मास्टर एच के ली को प्रमुख आतिथ्यमा प्रतियोगिता भएको थियो। प्रतियोगिताको उद्घाटन समारोहमा विशिष्ठ अतिथिहरु सेनेटर वेन्जामिन टि, ब्रुक्स, डेलिगेट, डा. ह्यारी भण्डारी, डेलिगेट जेनिफर ह्वाइट रहेका थिए।
यस्तै अतिथिहरुमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिका मेरील्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, बाल्टिमोर एशोशिएशन अफ नेप्लीज इन अमेरिका (बानाका) अध्यक्ष सुवोध विलास पन्त, प्रतियोगिताका कोअर्डिनेटर मोहन थापा, प्रवासी नेपाली मञ्च अमेरिकाका पूर्व अध्यक्ष प्रभु थापा लगायत थिए।
प्रतियोगितामा मेरील्याण्ड तेक्वान्दो एसोसिएसन, एन आर एन ए मेरिल्याण्ड च्याप्टर, बाना, साथी बाल्टिमोर, नाम्लो इभेन्ट, म्याग्दी समाज लगायत विभिन्न नेपाली संघ सँस्थाहरुको सहयोगी भूमिका रहेको थियो ।
उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि मेरील्याण्ड राज्यका डेलिकेट डा. ह्यारी भण्डारीको विशेष भूमिका रहेको कार्कीको भनाई छ। कार्कीले अमेरिकाको विभिन्न राज्यहरुमा रहेका नेपाली तेक्वान्दो मास्टरहरु, एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोका खेलाडी एवं परिवारजनहरु लगायत विविध खेल प्रेमी व्यक्तित्वहरुको समेत विशेष सहयोगी भूमिका रहेको भन्दै उनीहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।
भिडियो