आजको मौसम : पहाडी भूभागमा हल्का वर्ष हुने
काठमाडौं । आज(मंगलवार) मुलुककोे पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्ष हुने सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
त्यस्तै, मंगलवार राती मुलुकको पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ ।
बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको छ । उक्त स्थानमा क्षणीक वर्षा हुने सम्भावना समेत रहेको छ ।