यहाँ राजनीतिक स्वार्थको लागि धर्मलाई हतियार बनाईयो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्वार्थको लागि धर्मलाई हतियारको रुपमा प्रयोग गरिएको टिप्पणी गरेका छन् ।
सोमवार काठमाडौंमा आयोजित नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा आयोजित इद मिलन तथा पुस्तक विमोचन कार्यक्रममा उनले, धर्मका नाममा देश विनास भईरहेको भन्दै राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने काम भईरहेको बताएका हुन् ।
उनले भने ‘धर्मका नाममा देश बिनास भईरहेका छन् । धर्मको नाममा मानिसहरु बाँचेका छन् मारिएका छन् । त्यसकारण नकारात्मक सोचमा जानुहुँदैन् । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ ,गरिएको छ । जनता मारेर देश सिध्याएर धर्मका नाममा राजनीति गरिएको छ ।’
उनले एमाले मजबुद हुने भयो भन्ने डरले जथाभाबी छुटो प्रचार हुने गरिएको आरोप लगाए । उनले भने ‘विरोधिहरु कराको कराई छन् । झुटो वेईमानीको खेति यति भयो कि एमाले त हल्लाउनै नसक्ने गरी मजबुद हुने भयो भन्ने डरले जथाभाबी लेख्ने बोल्ने प्रचार गर्ने काम भयो । हामी त्यस्तो नगरी छुटो आरोप लगाउँने काम गर्नुहुँदैन् । जनताविरुद्ध कसैले काम गर्छ भने चाहि हामी विरोध गछौं ।’