सात दिने पारा लिगल तालिम सम्पन्न
काठमाडौं । मानव अधिकारका लागि जनमञ्च पिपल फोरमले, रिड नेपालमा कार्यरत कर्मचारी र युवा विद्यार्थीहरुका लागि सात दिने पारा लिगल तालिम सम्पन्न गरेको छ ।
वैदेशिक रोजागार सम्बन्धि कानूनबारे जानकारी दिने उद्देश्यले, आयोजना गरिएको सो तालिममा रिड नेपालमा कार्यरत कर्मचारी तथा युवा विद्यार्थी गरी २० जना सहभागि थिए ।
धुलिखेलमा सात दिनसम्म चलेको कार्यक्रम आज काठमाडौंमा समापन गरिएको हो । समापन समारोहमा पिपल फोरमका कानूनी सल्लाहकार सोम प्रसाद लुइटेलले देशभरी कानूनी जनशक्ति उत्पादन गर्ने र कानूनी ज्ञान उपलब्ध गराउन यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनले भने ‘क्यापासिटी विल्डिङ कार्यक्रम अन्र्तगत हामीले पारा लिगल तालिम दिइरहेका छौं । वैदेशिक रोजगार क्षेत्रको यो आठौं पारा लिगत तालिम हो । अहिलेसम्म वैदेशिक रोजागार क्षेत्रमा मात्रै १ सय ६० जनालाई तालिम दिएका रै छौं ।’
उनले तालिम प्राप्त व्यक्तिले जनचेतना जगाउने र वैदेशिक रोगजारी तथा अन्य क्षेत्रका मुद्दाहरु कहाँ पठाउने भन्ने विषयमा ज्ञान लिएको विश्वास व्यक्त गरे ।