‘नक्काली काण्डले सक्कली भुटानी शरणार्थिलाई क्षति’ : पिआईबी
पेन्सिलभेनिया, अमेरिका । पिस ईनिसियसिभ भुटान (पिआईबी)ले नक्कली काण्डले सक्कली भुटानी शरणार्थिलाई ठुलो क्षति भएको जनाएको छ।
पिआईबीका तर्फबाट आरती चापागाईंद्वारा जारी विज्ञप्तिमा नक्कली भुटानी शरणार्थी काण्डको निन्दा समेत गरिएको छ।
‘उच्च-पदस्थ नेपाली राजनीतिज्ञ तथा शासकहरुद्वारा गोप्य रुपमा योजना बनाइएको संगठित अपराधको घोर भर्त्सना गर्छ, जसले बैध (सक्कली) भुटानी शरणार्थीहरुलाई धेरै ठूलो क्षति पुर्याएको छ।’ विज्ञप्तिमा भनिएको छ।
यो काण्डले शरणार्थी पुनर्वास प्रक्रियाको इमान्दारिताको जग खोतलेको छ विज्ञप्तिमा उल्लेख छ।
बिज्ञप्तिमा पीआईबीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल प्रहरीलाई विधको शासन कायम गर्न र नेपालको न्याय प्रणालीको अन्तर्राट्रिय विश्वास पुनःस्थापित गर्न दृढतापुर्वक उभिन पनि माग गरेको छ ।
पिआईबीको बिज्ञप्तिमा बाँकी भुटानी शरणार्थीहरुको समस्या र संकटका मुल कारणहरुको समाधान खोज्न तर्फ तत्काल परामर्शको खाँचो रहेको जनाईएको छ भने भुटानमा शान्ति स्थापना र मेलिमलाप प्रयासमा सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको छ ।
विज्ञप्तिको पूर्णपाठ