सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ : मन्त्री रिजाल

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित मेक इन नेपाल स्वदेशी समिट कार्यक्रममा उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रको सहकार्य प्रभावकारी रुपमा हुन आवश्यक रहेको बताएका हुन् ।
उनले भने ‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रमा सहकार्य प्रभावकारी रुपमा हुन आवश्यक रहेको छ । औद्योगिकरणको उचित विकास विना दिगो आर्थिक विकास सम्भव छैन् ।’
उनले लगानि मैत्री औद्योगिक वातावरण निर्माण र आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार निर्माण गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।
मन्त्री रिजालले नेपालमा औद्योगिकरणको विकास र प्रवर्द्धनका लागि स्वदेशी वस्तुहरुको उत्पादन उपभोग र निर्यातको वातावरण निर्माणमा मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाए ।