धेरै बीमा कम्पनि जरुरी छैन् : अर्थमन्त्री डाक्टर महत
काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाशसरण महतले, देशमा बीमा कम्पनि आवश्यक नरहेको बताएका छन् ।
सोमवार नेपाल बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्वोधन गर्दै उनले धेरै बीमा कम्पनीलाई संचालन अनुमति दिनु नै गल्ती भएको बताए ।
उनले भने ‘यत्रो धेरै विमा कम्पनी एलाउ गर्नु नै ठिक थिएन्, भन्ने मलाई लाग्छ । त्यसको कोर्ष करेक्सन हुन जरुरी छ । र त्यसलाई एउटा हेल्थी, कम्पिटेटिभ र ग्राहकहरुको सुरक्षा, जे लक्ष्यको लागि विमाको व्यवस्था गरिएको हो त्यो अनुसार चै चल्नु जरुरी छ ।’
उनले बीमा कम्पनीको प्रभावकारी अनुगमनका लागि प्राधिकरणलाई निर्देशन समेत दिए। ‘विमा प्राधिकरणको एउटा नियामक निकायको हैसियतले प्रभावकारी भूमिका अपेक्षा गर्छु। ’ उनले भने ।
विमा कम्पनीको दिगोपनाको लागि विमा कम्पनीको विश्वसनियता महत्वपूर्ण हुने भनाई छ ।