वर्तमान सरकार गम्भीर छैन : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक अवस्था संकटमा पुग्दा पनि सरकार गम्भीर हुन नसकेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले अर्थतन्त्रमा देखिएको समस्याका कारण मुलुक संकटमा सरकार गम्भीर हुन नसकेको र भागबण्डामा रमाइरहेको समेत बताए ।
उनले अर्थतन्त्रका कारण देश ध्वस्त हुने अवस्थामा पुग्दा सत्ता बाहेक केहि नदेख्ने प्रवृति देखिएको आरोप लगाए ।
व्यपारिका प्रतिनिधि राखेर करका दर हेरफेर गर्दा एकाध व्यापारीले अर्वौ कमाएको तर देश घाटामा गएको उनको भनाइ छ ।
उनले अवको डेड बर्षभित्र मुलुकको अर्थतन्त्रलाई सहि बाटोमा फर्काउन नसकिने देश असफल राष्ट्रमा परिणत हुने खतरा पैदा हुने जिकिर गरे ।
ओलीले छिटै सरकारले संसदमा ल्याउने नीति तथा कार्यक्रम नक्कली कागजको खोष्टो हुने र बहुमतका बलमा पारित गर्न खोजिने तर्क गरे ।