रवि संसदीय दलको नेता चयन, सरकारमा के गर्ने त?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको छ । मंसिर ४ गते भएको आम निर्वाचन पछि संसदीय दलका नेता चुनिएका रवि सरकारमा उपप्रधान तथा गृहमन्त्री भएर सहभागी पनि भएका थिए ।
तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतले उनको निर्वाचन बदर गरेपछि सवै गुमाएका रविको चितवन क्षेत्र नम्बर १ मा वैशाख १० गते उप निर्वाचन भएको थियो । संसद पद गुमाएपछि त्यतिबेला संसदीय दलको नेताबाट पनि राजिनामा दिएका थिए । उनको पद कायम नरहेपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेता बनाइएको थियो ।
उप निर्वाचनबाट निर्वाचित भएर आएपछि अर्यालले संसदीय दलको नेताबाट राजिनामा दिएका थिए । रविलाई नै संसदीय दलको नेता बनाउन राजिनामा दिएका हुन् ।
रास्वपाको आज बसेको केन्द्रिय कार्यसमितिको बैठकले संसदीय दलको नेतामा रविलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यसपछि बसेको संसदीय दलको नेताले सर्वसम्मत रविलाई नेताको रुपमा चयन गरेको छ । संसदीय दलको नेता चयन भएलगत्तै रास्वपा सरकारमा सहमागिताको विषयलाई लिएर चासो पनि बढेको छ । रविले संसद पदको सपथग्रहण लगत्तै वर्तमान सरकारबारे पुनर्विचार गर्ने जनाउँ दिएका थिए ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डसँको छलफलमा सरकारमा सहभागिताका विषयमा कुराकानी भएको थियो । आजको संसदीय दलको बैठकले सरकारको बारेमा औपचारिक निर्णय नगरे पनि यसअघि पाएको जिम्मेवारी अनुसार पाएमा सरकारमा सहभागी हुन सक्ने जनाउ दिएको छ ।
यस्तो भएमा रवि नै फेरि उपप्रधानतथा गृहमन्त्रीका लागि लविङमा लाग्ने छन् । सरकारको बारेमा शुक्रबारसम्म निर्णय गर्ने बुझिएको छ ।