सदस्यहरुको डाटा सुरक्षाको जिम्मेवारी हाम्रो होइन : दिलु पराजुली,उपाध्यक्ष एनआरएनए अमेरिका
मेरील्याण्ड, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका उपाध्यक्ष दिलु पराजुलीले सदस्यहरुको डाटा सुरक्षाको जिम्मेवारी आफुले नलिने बताएका छन्।
सदस्यता वितरण कमिटीका संयोजक समेत रहेका पराजुलीले एनआरएनए अमेरिका मेरील्याण्ड च्याप्टरले मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै एमआइएसमा कुनै समस्या आए त्यसको जिम्मा आफुहरुले नलिए बताए।
‘एमआइएसमा कुनै समस्या आयो भने त्यसको जिम्मा हामी हुदैनौ । कुनै कमी कमजोरी,त्रुटी भयो भने त्यसको भागिदार आइसीसी हुन्छ।’ बाल्टिमोरमा आयोजति कार्यक्रमा उनले भने, ‘डाटा सुरक्षाको जिम्मेवारी आइसीसीको हो।’
‘मेरो हातमा केही पनि छैन पहिलो चोटी यो प्रणालीमा हामी जादै छौ, हामी पनि सिक्दै छौ।’ उनले भने, ‘म ठूला कुरा गर्न चाहान्न यसमा कमी कमजोरी र त्रुटी आयो भने त्यसको भागिदार यो मिडिया पनि छ र यो रेकर्ड राख्नु होला यसको भागिदार र जिम्मेवार आइसीसी कमिटी हुनु पर्छ।’
उनले भोली कुनै समस्या आएमा वा व्यक्तिगत विवरणको सुरक्षा आएमा आफु जिम्मेवार नहुने पनि बताए।
‘मेम्वर ड्राइभ कमिटीको चेयर दिलु पराजुली विस्तार गर्दै हिडेको थियो, सकारात्मक कुरा गर्दै थियो भनेर यसको कमी कमजोरी, कुनै लुप होल, डाटा सेक्युरेटीका कुरा म प्रष्टरुपमा भन्छु अगाडि प्रभु दाईले मेन्सन गर्नु भएको छ। यसमा कसैलाई जिताउने हराउने देखि यो सिस्टमको कुरा हो जता पनि जान्छ त्यो सिस्टम यसरी मेनिपुलेट भयो भने सबै कुराको जिम्मेवारी आइसीसी । यो बुलन्दका साथ भन्छु।’ उनले भने।
भिडियो पनि…
र यो पनि …
एनआरएनएमा सुधार गर्ने हो भने अमेरिकाबाट शुरु गर्नु पर्छ : डा. अर्जुन बञ्जाडे