मलेसिया पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा मलेसिया पठाइदिन्छु भन्दै ६ जनालाई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पर्साको बहुदरमाई गाउपालिका वडा नं. ५ भौराटार घर भई हाल काठमाडौं कीर्तपुर ुर न.पा. वडा नं. १३ बस्ने हिरालाल महतो नुनियालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
उनले जय बहादुर साह तेली समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु र मलेसिया पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नुनियालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ बुझाइएको प्रहरीले जनाएको छ ।