बाल्टिमोरमा छक्का पञ्जा-४ फेरि प्रदर्शन हुदै, १२ वर्ष मुनिकालाई टिकट नलाग्ने
मेरिल्याण्ड,अमेरिका । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा छक्का पञ्जा-४ पुन प्रदर्शन हुने भएको छ।
दर्शकको माग बढेका कारण पुन सो राखिएको छक्का पञ्जा ४ को अमेरिका र क्यानडामा अधिकृत वितरक एभरेस्ट इन्टरटेनमेन्टले जनाएको छ।
नयाँ सो अप्रिल दुई तारिक साँझ ६ बजेको लागि तोकिएको छ
‘बाल्टिमोरमा रहेका नेपाली चलचित्र प्रेमीहरू, तपाईंले सोध्नु भयो र हामीले सुन्यौं! लोकप्रिय मागका कारण, “छक्का पन्जा-४” अर्को शोको लागि अप्रिल २ मा साँझ ६:०० बजे ७९३८ Eastern Ave, Baltimore, MD 21224, USA मा फर्किएको छ।’ एभरेष्ट इन्टरटेनमेन्टले जनाएको छ।
एभरेष्टले १२ वर्ष भन्दा मुनिका लागि टिकट शुल्क नलाग्ने जनाएको छ। ‘आफ्नो साथी र परिवार संग ठूलो स्वरमा हाँस्ने मौका नभुल्नुहोस्। साथै, १२ वर्ष मुनिका बालबालिकाहरू नि:शुल्क भित्र पाउँछन्! अहिले आफ्नो टिकट बुक गर्नुहोस् र सँगै शोको आनन्द लिनुहोस्।’ विज्ञप्तिमा भनिएको छ।
टिकट अनलाइनबाट पनि किन्न सकिने छ। नेपालमा आक्रमक व्यापार गरेको छक्का पञ्जा -४ ले अमेरिकामा पनि राम्रो कमाई गरेको एभरेष्ट इन्टरटेनमेन्टले जनाएको छ।
हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ।
चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।
‘छक्का पञ्जा’ चारमा राजनीतिक र सामाजिक विषयलाई मुख्य विषयवस्तुका रूपमा देखाइएको छ। चलचित्रको अघिल्लो शृङ्खलाले पनि राजनीति, वैदेशिक रोजगारी, शिक्षा र प्रेमकथा जस्ता समान विषयहरूलाई समेटेको थियो।
सन् २०१६ मा पहिलो पटक चलचित्र छक्का पञ्जा प्रदर्शनीमा आएको हो। सोही बेला चलचित्र सफल भएको थियो। त्यस पछि दीपक र दिपाश्रीको जोडिले बनाएको चलचित्र ‘हिट’ हुदै आएको छ। बक्स अफिसमा यो दीपक र दिपाको चलचित्रले राम्रो कमाई गरेको थियो।