पर्वत समाज अमेरिकाको भलिवल प्रतियोगिता : प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना
मेरिल्याण्ड, अमेरिका / नयाँ वर्ष २०८० को उपलक्ष्यमा पर्वत समाज अमेरिकाले ‘प्रथम पर्वत समाज अमेरिका कप’ अन्तरराज्य भलिवल प्रतियोगताको आयोजना गर्ने भएको छ।
समाजले अप्रिल आठ र नौ तारिकका दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा (7904 Roseville blvd, Baltimore , MD, 21236) प्रतियोगिता आयोजना गर्न लागेको हो।
पर्वत समाज अमेरिकाका अध्यक्ष रबिन शर्माका अनुसार प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यका करिव २० टिमले भाग लिने अपेक्षा गरिएको छ।
‘हामीले अप्रिल दुई तारिक सम्म दर्ता खुल्ला राखेका छौ, त्यस पछि टिमको टुङ्गो लाग्छ।’ समाज टाइम्स सँगको कुराकानीमा शर्माले भने। उनले प्रतियोगितामा सहभागि हुने टिमलाई समयमै दर्ता प्रकृयामा सहभागि हुन पनि अपिल गरेका छन्।
अध्यक्ष शर्माले प्रतियोगिता शब्य र भब्य तरिकाले सम्पन्न गर्न समाज कार्यसमिति पदाधिकारी तथा सम्पूर्ण सदस्य लागि परेको बताए। ‘यो हाम्रो पहिलो प्रयास हो यसलाई हामी स्मरणीय बनाउन लागि परेका छौ।’ अध्यक्ष शर्माले भने।
प्रतियोगितामा विजेता टिमका लागि पाँच हजार पाँच सय ५५ अमेरिकी डलर नगद पुरस्कार राखिएको छ। यस्तै दोस्रो हुने टिमले तीन हजार तीन सय ३३ अमेरिकी डलर नगद पाउने छन्।
अध्यक्ष शर्माका अनुसार प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना रहने छन्।
‘आज विहान पनि हाम्रो उहाँ सँग (राष्ट्रिय सभा अध्यक्ष) कुरा भयो, उहाँ पनि पर्वत कै भएका कारण व्यस्थ रहदा रहदै पनि हाम्रो कार्यक्रममा आउने हुनु भएको छ।’ शर्माले भने।