कोभिडबारे थप अनुसन्धान जरुरी : विश्व स्वास्थ्य संगठन
अमेरिका । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोभिड–१९ को उत्पत्तिको खोजी नै नैतिक आवश्यकता भएको बताएका छन् ।
वाल स्ट्रीट जर्नलले एक अमेरिकी एजेन्सीको रिपोर्टलाई उद्धृत गर्दै चिनियाँ प्रयोगशालाबाट भाइरसको चुहावटका कारण यो भाइरस अनजानमा फैलिएको उल्लेख गरेको थियो ।
उक्त दावी पछि पछिल्लो समय डब्लुएचओलाई प्रतिक्रिया दिन दबाब बढेको छ । बेइजिङले यस सम्बन्धमा कुनै पनि प्रकारको अनुसन्धानलाई अनुमोदन गर्न निरन्तर अस्वीकार गरिरहेको छ ।
गेब्रेयससले ट्वीट गर्दै कोभिड–१९ को उत्पत्ति बुझ्नु र सबै परिकल्पनाहरूको अन्वेषण गर्नु वैज्ञानिक आवश्यकता रहेको बताएका हुन् ।
कोविडबाट ज्यान गुमाएका लाखौंको खातिर र भविष्यको प्रकोप रोक्नको लागि यो नैतिक अनिवार्यता हो ।
शनिबार कोभिडलाई महामारी घोषणा गरेको तीन वर्ष पूरा भएको छ । यस सन्दर्भमा, विश्व स्वास्थ्य संगठनले यस्ता महामारीलाई रोक्नको लागि उपायहरूमा जोड दिनुपर्ने विश्वव्यापी माग छ ।
#OnThisDay, I’m reflecting on the 1st weeks of #COVID19. Moments that stand out:
-30 Jan 2020: @WHO sounded the highest alarm
-11 Mar 2020: we characterized the outbreak as a pandemic
Here are just some examples of the life-saving responses in countries: https://t.co/iL9O97oTpR— Tedros Adhanom Ghebreyesus (@DrTedros) March 11, 2023