अमेरिकामा सम्पन्न ‘महाशिवरात्री कप’ फुटबलको उपाधि स्नो लायन्स न्यूयोर्कलाई
पोट्सटाउन, पेन्सिलभेनिया / महाशिवरात्री कप फुटबलको उपाधि स्नो लायन्स एफसी न्यूयोर्कले जितेको छ।
पेन्सिलभेनिया (पीए) नेपाली गुठी एशोशिएशनद्वारा आयोजित एक दिने प्रतियोगिताको शनिवार साँझ भएको फाइनलमा तिब्बेत एलो एफसी न्यूयोर्कलाई हराउदै स्नो लायन्सले उपाधी जितेको हो।
पेन्सिलभेनियाको पोट्सटाउन स्थित एयरपोर्ट रोडमा रहेको मैदानमा भएको प्रतियोगितामा कुल दश टिमले सहभागिता जनाएका थिए।
सहभागि टिमलाई दुई समुहमा विभाजन गरि लिगकम नकआउटको आधारमा खेलाइएको थियो।
समुहको शिर्ष दुई टिम सेमीफाइनलमा प्रवेस गरेका थिए।
उपाधिका लागि भएको भिड्न्तमा स्नो लायन्सले टिबेटलाई दुई शुन्यले हरायो।
स्नो लायन्सका लागि निश्चल बिष्ट र तेन्जिन लोडेनले एक एक गोल गरे। खेलको १२ औं मिनेटमा निश्चलले स्नो लायन्सलाई अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेट पछि तेन्जिनले अन्तर दुगुना पारे।
यस अगाडि सेमीफाइनलमा स्नो लायन्सले आयोजक पीए नेपाली गुठीको टिम एभरेष्ट एफसीलाई ३-१ गोलले हराएको थियो।
यस्तै अर्को सेमीफाइनलमा तिब्बेत एलो एफसीले भर्जिनियाको एभरेष्ट लाईन्सलाई ट्राइब्रेकरमा हराउदै उपाधि नजिक स्थान बनाएको थियो।
प्रतियोगितामा स्नो लायन्सका तेन्जिन थाबके म्यान अफ द टुर्नामेन्ट घोषित भए।
प्रतियोगितामा आयोजकको टिम,न्यूयोर्क,न्यू जर्सी, भर्जिनिया सहित पेन्सिलभेनियाको ह्यारिसबर्ग टिमको सहभागिता रहेको थियो।
उपाधि सँगै स्नो लायन्सले तीन हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्यो। दोस्रो भएको तिब्बेतले एक हजार अमेरेकी डलर पायो।
विजेता टिमलाई पीए गुठीका सल्लाहाकार विनोद मोक्तान र सुनिल नेपालले नगद पुरस्कार, प्रमाण पत्र तथा ट्रफि वितरण गरेका थिए।
पुरस्कार वितरण समारोहमा पीए गुठीका अध्यक्ष विमल मोक्तान, प्रतियोगिता कोअडिनेटर हरिओम श्रेष्ठ र जयन्द्र लामाले विजेता तथा उपविजेता टिमका खेलाडिलाई खादा लगाएका थिए।
पीए गुठीका सदस्य तथा प्रतियोगिताका लागि अर्का कोडिनेअटर नविन लामाले कार्यक्रम संचालन गरेका थिए।
आयोजक टिमका प्रशिक्षक हृदय मोक्तान, शखिल नेपाल र सुजन लामाले खेल संचालनमा विषेश भूमिका निभाएका थिए।