थ्रीस्टारको जितमा दुवै गोल मार्टिन्सको नाममा
ललितपुर । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्री स्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
थ्री स्टारको जित अजयी मार्टिन्सले दुई गोल गरे । तर, दुबै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ५४ औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए ।
थ्री स्टारको यो पहिलो जित हो ।
जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ । नवप्रवेशी क्लब खुमलटारको यो दोस्रो हार हो । खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ ।