डेनमार्कमा पनि टिकटक प्रतिवन्ध
अमेरिका । छोटो भिडियो प्लेटफर्म टिकटक प्रतिबन्धको प्रक्रिया रोकिएको छैन ।
पछिल्लो सयम टिकटक प्रतिवन्धको सिलशीला जारी रहेको छ ।
अमेरिकापछि अब डेनमार्कको रक्षा मन्त्रालयले सरकारी कर्मचारीको फोनमा टिक टक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । नाटो सदस्य डेनमार्कको रक्षा मन्त्रालयले साइबर सुरक्षाका लागि यो कदम चालेको जनाएको छ ।
डेनमार्क सरकारले पनि एपको सुरक्षा र डाटा गोपनीयताको बारेमा चिन्ता व्यक्त गरेको छ ।
यसअघि अमेरिकामा राष्ट्रिय सुरक्षालाई उद्धृत गर्दै सरकारी उपकरणमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो ।
नाटो–सदस्य डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना कर्मचारीहरूलाई साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै आफ्नो कामको फोनमा भिडियो–साझेदारी एप टिकटक मेटाउन निर्देशन दिएको छ ।
रक्षा मन्त्रालयले आधिकारिक इकाईहरूमा एपको प्रयोगमा प्रतिबन्ध लगाइएको जनाएको छ ।
रक्षा मन्त्रालयले जारी गरेको आदेशमा कर्मचारीको सर्भिस फोन र अन्य आधिकारिक उपकरणमा टिकटक इन्स्टल भएमा जतिसक्दो चाँडो अनइन्स्टल गर्नुपर्ने भनिएको छ ।