बेलायतमा २० लाखबढी बालबालिकाको टिकटक डिलिट
लण्डन । बेलायतमा चिनियाँ सामाजिक सञ्जाल एप टिकटकले २० लाखभन्दा बढी बालबालिकाको खाता डिलिट गरेको छ ।
योसँगै स्न्यापच्याटले १३ वर्ष मुनिका ७०० बालबालिकालाई प्लेटफर्मबाट बाहिरिने बाटो पनि देखाएको छ ।
बेलायती नियामक अफकमलाई बुझाएको प्रतिवेदनमा दुवै प्लेटफर्मले अफकमका सबै निर्देशनहरू पालना गरिरहेको बताएको छ ।
वास्तवमा अफकमले दुबैलाई अनुपालन सूचना जारी गरेको थियो।
चिनियाँ सामाजिक सञ्जाल टिकटक विश्वका धेरै देशहरुमा प्रतिबन्ध हुँदै गएको छ ।