जनसम्पर्क समिति पीए च्याप्टर सभापति डा.भण्डारीलाई मातृशोक
पेन्सिलभेनिया,अमेरिका / नेपाली जनसम्पर्क समिति अमेरिका पेन्सिलभेनिया (पीए) च्याप्टरका सभापति डा. केशव भण्डारीलाई मातृशोक परेको छ।
गैर आवासीय नेपाली संघ (एनआरनए) अमेरिका पेन्सिलभेनिया च्याप्टर स्थापनामा सक्रिय भूमिका खेलेका डा. भण्डारीको आमा गंगादेवीको बुधवार काठमाडौंमा निधन भएको हो।
७८ वर्षीय गंगादेवी एक महिना अगाडि आगलागिमा परि घाइते भएकी थिइन्। बर्दिया गुलरिया स्थित आफ्नै घरमा आगो ताप्दै गर्दा साडिमा सल्किएको आगोका कारण शरीरको कम्मरमुनिको भाग जलेको थियो।
कीर्तिपुर अस्पतालमा एक महिना दुई दिन सम्म उपचार हुँदै गर्दा बुधवार निधन भएको हो। गंगादेवीको पार्थिवशरीर बिहिवार बर्दिया लगि दाहसंस्कार भएको छ।
गंगादेवीका ८१ वर्षीया श्रीमान् शेरबहादुर भण्डारी, दुई छोरा र दुई छोरी छन्।
यसै बीच एनआरएनए अमेरिका पेन्सिलभेनिया च्याप्टरले शुक्रवार एक विज्ञप्ति जारी गर्दै गंगादेवीको निधनमा गहिरो दुख व्यक्त गरेको छ।
‘दिवंगत आमाको चिरशान्तिको कामना गर्दै परिवारमा समावेदना प्रकट गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।
यस्तै पेन्सिलभेनिया नेपाली गुठी एशोशिएशनका संरक्षक तथा समाजसेवी विनोद मोक्तानले पनि भण्डारीको आमाको निधनले आफुलाई स्तब्ध बनाएको बताएका छन्।
‘जनसम्पर्क समिति पेन्सीलभेनिया च्यापटरका सभापति एवं सामाजिक अभियन्त अत्यन्तै सहयोगी मिलनसार भाई डा. केशव भण्डारीज्युको ममतामयी आमाको असमयीक दुखद निधनको खबरले हामी लाई स्तब्ध बनाएको छ ।’ मोक्तानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बैकुण्ठ बासीउहाँको आमाको चिर शान्तीको कामना तथा सम्पूर्ण परिवारजनमा यस दुखद घडीमा धैर्यधारण गर्ने शक्ति र साहस प्रधान गरुन भनि भगवान सँग प्रार्थानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’
एनआरएनए अमेरिकाका निवर्तमान बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेले पनि डा. भण्डारीको परिवारमा परेको दुखद खवरले आफु मर्महात भएको बताएका छन्।
‘मेरा अनन्य मित्र डा. केशव भण्डारीको ममतामयी माताको दुःखद निधनको खबरले मर्माहत बनाएको छ । यस दुःखको घडीमा आमाको आत्माको चिर शान्तिको प्रार्थना गर्दै मित्र केशवजी लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’ डा. बन्जाडे शोक सन्देशमा लेखेका छन्।
डा. केशव भण्डारी पछिल्लो समय अमेरिकाको पेन्सिलभेनिया निवासी हुन्। उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्।
डा. भण्डारी र उनको परिवारमा परेको यस दुखद् घडीमा समाज टाइम्स परिवार गहिरो दुख व्यक्त गर्दछ।
हामी समाज टाइम्स परिवार आमाको आत्माको चिर शान्तिको प्रार्थनाका गर्दै डा.भण्डारी लगायत सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ।