अमेरिका र क्यानडामा छक्का पन्जा चारको अधिकृत वितरक एभेरेस्ट इन्टरटेनमेन्ट
पेन्सिलभेनिया, अमेरिका / दीपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ४’ को अमेरिका र क्यानाडामा अधिकृत वितरक एभेरेस्ट इन्टरटेनमेन्टले पाएको छ।
एभेरेस्ट इन्टरटेनमेन्टका सिइयो अपार श्रेष्ठका अनुसार अमेरिका र क्यानडा एकै दिनबाट सो शुरु गर्ने तयारी भइरहेको छ।
‘अमेरिका र क्यानडामा प्रदर्शनीको जिम्मा हामीले पाएका छौ,दुबै देशका विभिन्न शहर हरुमा एकै दिन देखि सो शुरु गर्ने गरि तयारी गरेका छौं।’ एभरेष्ट एन्टरटेनमेन्टका रमेश भट्टले समाज टाइम्स सँग भने।
उनले छक्का पञ्जा चार आफ्नो शहरमा प्रदर्शनी गर्न चाहानेहरुले आफुहरुलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन्।
‘अहिले सम्म हामी मार्च आठ देखि यो चलचित्र प्रदर्शनीमा लैजाने गरि तयारी गरेका छौ’ भट्टले भने,’नेपालीहरुको बाक्लो बसोबास रहेका सबै शहरका हलहरुमा हामी यो चलचित्र देखाउछौ।’
सन् २०१६ मा पहिलो पटक चलचित्र छक्का पञ्जा प्रदर्शनीमा आएको हो। सोही बेला चलचित्र सफल भएको थियो। त्यस पछि दीपक र दिपाश्रीको जोडिले बनाएको चलचित्र ‘हिट’ हुदै आएको छ। बक्स अफिसमा यो दीपक र दिपाको चलचित्रले राम्रो कमाई गरेको थियो।
अमेरिका र क्यानडामा पनि यो चलचित्र सफल हुनेमा आफुहरु आशावादी भएको एभरेष्टका सिइयो अपारको भनाई छ।
छक्का पञ्जा चारको निर्देशन हेमराज बीसीले गरेका हुन्। यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, बेनिशा हमाल, दिपश्री निरौला, नीर शाह, मलिना जोशीको अभिनय रहेको छ ।
‘छक्का पञ्जा’ चारमा राजनीतिक र सामाजिक विषयलाई मुख्य विषयवस्तुका रूपमा देखाइएको छ। चलचित्रको अघिल्लो शृङ्खलाले पनि राजनीति, वैदेशिक रोजगारी, शिक्षा र प्रेमकथा जस्ता समान विषयहरूलाई समेटेको थियो।
एभरेष्टका सिइयो अपारका अनुसार अमेरिका र क्यानडामा छक्का पञ्जा चार प्रदर्शनीको अनुमतिका लागि फोन वा इमेलमा सम्पर्क गर्नु पर्ने हुन्छ।
सम्पर्कको लागि ४४३ ४१८ ४३४४ वा everestentertainmentusa@gmail.com