संचारक्षेत्रको विकासका लागि आवश्यक सहयोगका लागि तयार छु : सभामुख घिमिरे
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमीरेले देशको अवस्था परिवर्तनका लागि पत्रकारिताको महत्पूर्ण भूमिका हुने बताएका छन् ।
नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)ले द्वारा काठमाडौंमा आयोजित इन्जा खोजि पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले देशको व्यवस्था परिर्वतनका लागि महत्वपूर्ण भूमिका खेलेको पत्रकारिता जगतले अब अवस्था परिर्वतनका लागि थप क्रियाशिल हुन जरुरी रहेको बताएका हुन् ।
उनले भने ‘व्यवस्था परिवर्तन मात्र हैन् अवस्था परिवर्तन गर्नका लागि पत्रकारिताको महत्व धेरै छ । केही समय अगाडी भएको निर्वाचनलाई हेर्दा पनि पत्रकारिताको महत्व छ भन्ने कुराहरु थाहा हुन्छ ।’
उनले पत्रकारिता क्षेत्रका समस्या समाधानका लागि सदनबाट आवश्यक सहयोगका लागि आफु तयार रहेको उनको भनाई छ ।
रोकिएका विधेयक अघि बनाउन आवश्यक पल गर्ने वचन दिएका उनले भने ‘यस क्षेत्रको समस्याहरु के हुन् । हिजो यसले आउन लागेका विद्येयकहरुको विरोध गर्नुका कारणहरु के हो ? रोकीएको विद्येकहरुलाई अगाडी लैजान के भुमिका निर्वाह गर्नुपर्छ भन्ने कुराहरु प्रत्यक्ष रुपमा गर्ने र सुन्नुका साथै मेरो तर्फबाट खेल्नुपर्ने भमिकाहरुमा म तयार छु ।’
पत्रकार दाहाल र वाग्लेलाई इन्जा खोजी पत्रकारिता पुरस्कार
पत्रकार मात्रिका दाहाल र तारा वाग्लेले यसबर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।
बुधबार काठमाडौंमा एक कार्यक्रम गरि यसबर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई प्रदान गरेको हो । वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको निर्णय अनुसार पुरस्कृतद्वयलाई आज सभामुख देवराज घिमिरेले पुरस्कृत गरे।
इन्जा स्थापना दिवसको अवसर पारेर उनीहरूलाई जनही ५० हजार राशिको उक्त पुरस्कार दिइएको हो ।
विसं २०६४ देखि पत्रकारिता सुरु गरेका दाहाल कान्तिपुर दैनिकमा कार्यरत छन् । उनले यसअघि दिव्यदर्शन राष्ट्रिय साप्ताहिक, रहस्य राष्ट्रिय साप्ताहिकहुँदै कारोबार दैनिक, नागरिक दैनिकमा समेत काम गरेका छन् ।
पन्ध्र वर्षदेखि नेपाली पत्रकारितामा क्रियाशील वाग्ले राजधानी, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिकाहुँदै हाल आइएनएस डट कममा कार्यरत छिन् ।
इन्जाले फोटोतर्फ नरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठलाई इन्जा फोटो पत्रकारिता पुरस्कार प्रदान गरेको छ। यसैगरी वौद्धिक अनुसन्धानवृत्ती पुरस्कार संचार क्षेत्रमा लामो समयदेखि कार्यरत २ जना पत्रकार जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गरेको हो।
यसैगरी वरिष्ठ पत्रकारहरू रघु मैनाली‚ किरण वैद्य‚ कुमार यात्रु‚ जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्मा‚ शंकर भट्टराई, विजया साह र प्रदीप गुरुङलाई सभामुख घिमिरेले इन्जा सम्मान प्रदान गरेका छन् ।