राष्ट्रपतिको चुनावलाई लिएर एमाले र स्वतन्त्र पार्टी बीच छलफल
काठमाडौं । राष्ट्रपतिको चुनावलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु बीच बिहिवार काठमाडौंमा छलफल भएको छ।
एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले स्वतन्त्र पार्टीको कार्यलयमा पुगि सभापति रवि लामिछाने सहित पदाधिकारी सँग छलफल गरेका हुन्।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले रास्वपाले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार दिएका नेम्वाङलाई सहयोग गर्नेकुरा भनाइबाट बुझेको बताए ।
उनले भने, ‘संविधान सभा अध्यक्षको रुपमा र सभामुखको रुपमा सफल रुपमा भुमिका खेल्नुभएको सुवासचन्द्र नेम्वाङलाई हामीले मतदान गर्न आग्रह गर्दै रास्वपा अध्यक्ष रवि लामिछानेलाई भेटेका हौँ ।’
‘राष्ट्रिय सहमति जसरी मुलुकले खोजिरहेको छ त्यसलाई सहमतितर्फ फर्काउनसक्ने हिसावले उहाँ सक्षम हुनुहुन्छ । अध्यक्ष लामिछानेले सुवासचन्द्र जत्तिको मान्छे मुलुकै कम नै पाउँछ यो एउटा मौका हो भन्नेकुरा उहाँले गर्नुभयो । पार्टीको आन्तरिक छलफलबाट निर्णय गर्छु भन्नुभएको छ ।’ भट्टराईले भने।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफल पछि निर्णय लिने जानकारी गराएको बताए ।
उनले भने,‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शंका छैन । निर्णय आज नै गर्न सकिँदैन, केन्द्रिय समिति र संस्दीय दलको बैठकमा राख्छौँ र त्यहाँ निर्णय हुन्छ । पुस १० को सहमतिको हामी साक्षत छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ ।’
फोटो : राष्ट्रिय स्वतन्त्र पार्टीको फेसबुकबाट