रामचन्द्रलाई राष्ट्रपतिको उम्मेद्वार बनाएर न्याय गरे : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको तर्क गरेका छन् ।
आठ दलीय गठबन्धनले, बिहिवार काठमाडौंमा सांसदहरुका लागि राखेको अभिमुखीकरण कार्यक्रममा देउवाले यस्तो तर्क गरेका हुन्। उनले पौडेललाई सहयोग गर्न पनि आग्रह गरे।
‘कुनै भूमिका नदिएको भनी विगतमा आफू माथि लागेको आरोप हटेको छ।’ कार्यक्रममा देउवाले भने।
पार्टीमा लामो समय देखि फरक गुटको नेतृत्व गर्दै आएका देउवा र पौडेल पछिल्लो महाधिवेशन पछि भने एउटै समुहमा देखिएका थिए।
सभापतिमा उमेदवारी दिने दावी गर्दै आएका पौडेल आफ्नै गुटबाट सर्वसम्मत हुन नसके पछि महाधिवेशनमा भोट नै नहालि बसेका थिए।
पौंडेलको सो भूमिकाका कारण दोस्रो पटक देउवालाई सभापतिमा निर्वाचित हुन सजिलो भएको अनुमान गरिएको थियो।
त्यसो त देउवाले सोही समयमा पौडेल निवास पुगेर ‘स्वास्थ ठिक’ राख्न आग्रह गरेका थिए। त्यस पछि पार्टी राजनीतिमा पौडेल देउवाको सहयोगि भूमिकामा देखिदै आएका थिए।
‘लोकतन्त्र र प्रजातन्त्रका लागि धेरै दुख पाएको व्यक्ति हो । धेरै पहिले देखिको मेरो साथी हो ।’ कार्यक्रममा देउवाले भने, ‘रामचन्द्रजीलाई भूमिका नदिएको आरोप लाग्ने गरेको थियो अब राष्ट्रपति बनाउँदैछौं सबैले सहयोग गर्नुहोला ।’