अबको राष्ट्रपतिले कर्तव्य र जिम्मेवारीलाई ध्यान दिनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी, नकेपा एसका अध्यक्ष माधवकुमार नेपालले अबको राष्ट्रपतिले अहिलेसम्म प्राप्त उपलब्धिहरुलाई ध्यानमा राखेर विगतको गल्ति नदोहोराउने गरि आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित ८ दलीय गठबन्धनमा आवद्ध दलका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले, अबको राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका हुन् ।
उनले भने ‘राष्ट्रिय हितको प्रवर्धन गर्ने कुरा, देश भक्तिको रक्षा गर्ने, राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने, केन्द्रमा राख्नु पर्यो।’
पौडेललाई शुभकामना दिदै नेपालले भने, ‘संविधानको रक्षा र सम्वर्धन गर्ने कुरालाई केन्द्रमा राख्ने, अहिले राष्ट्रको सामु धेरै चुनौतिहरु आएको छ त्यो सबैमा ध्यान जानु पर्यो।’
‘सबै राष्ट्रिय शक्तिहरुलाई आजसम्म प्राप्त भएका उपब्धिहरुलाई एकता बद्ध गरेर जानु पर्यो त्यो कुरा राख्दै शुभकामना दिन चाहान्छु ।’ उनले सबै सांसदले भोट दिने विश्वास व्यक्त गरे ।