चीनको विरोध, अमेरिकाले ताइवानलाई खतरनाक हतियार बेच्दै
अमेरिका । पछिल्लो समय चीन र ताइवानबीच बढ्दो टसलकाबीच अमेरिकाले ताइवानलाई ६१९ मिलियन डलरको हतियार बिक्री गर्ने भएको छ ।
यस अन्तर्गत ताइवानले अब एफ सिक्सटीन मिसाइलहरू प्राप्त गर्न सक्नेछ । चीन र अमेरिकाबीचको सम्बन्ध पनि तनावपूर्ण बन्दै गएको छ, यस्तो अवस्थामा ताइवानलाई नयाँ हतियार बिक्रीले दुई देशबीचको सम्बन्धमा थप कटुता बढाउन सक्छ ।
वास्तवमा चीनले ताइवानलाई दाबी गर्छ र त्यसैले चीनले ताइवानलाई कुनै पनि प्रकारको हतियार बिक्रीको कडा विरोध गर्दछ ।
बुधवार, अमेरिकी रक्षा विभाग पेन्टागनले भअमेरिकी सरकारले ताइवानलाई 200 PlG6–एयरक्राफ्ट उन्नत मध्यम दूरीको एयर–टू–एयर मिसाइलहरू र 100 AGM–88B HARM मिसाइलहरू बेच्ने निर्णय गरेको छ ।
पछिल्लो सम्झौताले ताइवानलाई आफ्नो हवाई क्षेत्रको रक्षा गर्न मद्दत गर्नेछ। ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ कि यी क्षेप्यास्त्रहरू प्राप्त भएसँगै हामी हाम्रो हवाई क्षेत्रको सुरक्षा गर्न र चिनियाँ सेनाको उत्तेजक कारबाहीलाई जवाफ दिन सक्षम हुनेछौं।
Raytheon Technologies / Lockheed Martin ले ताइवानसँग सम्झौता गरेको छ।
यसैबीच चीनले ताइवानलाई हतियार बेच्न भने प्रतिबन्ध लगाएको छ । बिहीबार पनि चिनियाँ वायुसेनाले ताइवानको हवाई क्षेत्रको उल्लंघन गरेको थियो । ताइवानको रक्षा मन्त्रालयले विगत २४ घण्टामा २१ चिनियाँ विमानले ताइवानको वायुक्षेत्र उल्लंघन गरेको जनाएको छ ।
चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्ने भएकाले सार्वभौमसत्ताको रक्षाका लागि यस्तो गरेको दाबी गरेको छ ।