करेन्ट लागेर एक बालीकाको मृत्यु
काठमाडौं । करेन्ट लागेर एक जना बालीकाको मृत्यु भएको छ ।
जुगल गाउँपालका–३ गुम्बास्थित याङसामाने डाँडा बस्ने मिङमार दोर्जे तामाङकी छोरी १४ वर्षीया नुर्जी वाङमु तामाङको करेन्ट लागेर आज मृत्यु भएको हो ।
आफ्नै बारीमा आलु रोप्ने क्रममा ११ हजार भोल्टेजको प्रशारण लाईनको बिजुलीको पोलमा छुँदा करेन्ट लागी उनको घटनास्थलमै मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
एक जना पुरुष मृत अवस्थामा फेला फेला परेका छन् । मृत्यु हुनेमा काठमाडौं रामेछाप खिम्ती घर भएका ४५ वर्षीय साहिला तामाङ रहेका छन् ।काठमाडौं महानगरपालिका–९ विजय चोकस्थित निर्माणाधिन घरमा तामाङ आज मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।