पल शाहको रिहाईमा समर्थकहरुको चर्को नाराबाजी
काठमाडौँ । अभिनेता पल शाह रिहाईको खुसिमा उनको समर्थकहरुले कारागाार गेटमै चर्को नारा लगाएका छन् ।
शाह आज सोमबार बलात्कार आरोपमा सफाइ पाएसँगै जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन्। कारागार परिसरमा भेला भएकासमर्थकहरुले पल शाह हाइ हाइलगायतका चर्का नारा लगाएका थिए ।
नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गर्दै सफाई दिएको हो।