काठमाडौंमा यो बर्षको पहिलो हिउँदे बर्षा अझै केही दिन पानी पर्ने
काठमाडौँ । असार देखि यता काठमाडौं उपत्यकालगायत देशका केही भागमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण मेघ गर्जनसहित वर्षात् भएको हो ।
पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हुँदै गएकाले गर्मी महसुस गरिएको थियो । तर आज एक्कासि भएको वर्षाको कारणले पछिल्ला दिनहरूमा भन्दा अलि चिसो बढ्न सक्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलको भनाई छ ।
गण्डकी प्रदेश‚ वाग्मती प्रदेश र प्रदेश १ को पहाडी भूभागहरूमा वर्षा भएको छ । कही स्थानहरूमा मध्यम किसिमको वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपात पनि भएको छ ।
मौसमविद् कँडेलका अनुसार हिउँदे वर्षा गराउने मौसमी प्रणाली विकसित भए पनि त्यसको सक्रिय प्रभाव नभएकाले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी वर्षा भएको र बाँकी क्षेत्रमा अपेक्षित वर्षा नभएको बताएकी छन् ।
उनले भनिन् ‘हिउँदमा वर्षा गराउन ठुलो स्केलको सिस्टम चाहिन्छ । नेपालको मात्र सिस्टमले हुँदैन । पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव पनि नेपालमा त्यही किसिमले हुनुपर्छ । यस वर्ष चाँहि पश्चिमी न्यून चापीय प्रणालीको वर्षा गराउने खालको प्रभाव हुन सकेन‚ त्यसैले हिउँदे मौसमको अन्तिममा वर्षा भएको हो । ’
सामान्यतया नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । तर यस वर्ष हिउँदे वर्षा पर्याप्त मात्रामा हुन सकेन ।
प्रि मनसुन सिजन आउँदै भएको हुनाले मेग गर्जन ‚हावाहुरी र चट्याङ्ग सहितको वर्षा हुने भएकोले सबै सचेत रहनुपर्ने मौसमविद्को भनाई छ ।