नेपालमा तीन सय ६५ दिनमा ९५ दिन सार्वजनिक विदा, एक दिन विदा हुदाँ १२ अर्ब घाटा
प्रतिक्षा आचार्य
काठमाडौ । विक्रम संवत् २०७९ को फागुन महिना । महत्वका दृष्टिले बिशेष होइन । न दशैं र तिहार जस्ता ठुला पर्व नै यस महिनामा पर्छन् । तर, सरकारले यही महिना तुलनात्मक रुपमा धेरै सार्वजनिक विदा दिएको छ ।
नेपालको संविधानले जनयुद्ध चिन्दैन । न यसले राष्ट्रिय दिवसकै मान्यता पाएको छ । तर, सरकारले १ फागुनलाई जनयुद्ध दिवसको मन्यता दियो । र, उक्त दिन सार्वजनिक विदाको घोषण गर्यो । जुन सरकारी राष्ट्रिय ‘क्यालेन्डर’मा उल्लेख थिएन । ३ फागुनमा लुम्बिनि प्रदेश स्थापना दिवस पर्यो । उक्त दिन प्रदेश सरकारले लुम्बिनिमा सार्वजनिक निदा दियो । ७ फागुन, राष्ट्रिय प्रजातन्त्र दिवसको दिन । उक्त दिन विदा नहुने कुरै भएन ।
९ फागुनमा शेर्पा समुदायले ल्होछार पर्व मनाए । सरकारले उक्त दिन पनि सार्वजनिक विदा दियो । सरकारी ‘क्यालेण्डर’अनुसार फागुनकै २२ देखि २४ फागुनसम्म लगातार तीन दिन अर्को सार्वजनिक विदा परेका छन् । रंङको पर्व होली र नारी दिवस उक्त दिन परेका छन् । शनिवारको सहति जोड्दा फागुन महिनामा मात्रै सार्वजनिक विदा १० दिन परेका छन् ।
पर्वको महिना असोज । राष्ट्रिय चाड दशैं यही महिनामा पर्छ । शनिवारसहित उक्त महिनामा सार्वजनिक विदा मात्रै १४ दिन प¥यो । त्यस्तै, तिहार र छठ कात्तिकमा पर्छ । शनिवार बाहेक उक्त महिनमा मात्रै सार्वजनिक विदा मात्रै सात दिन भए । समग्रमा कात्तिक महिनामा ११ दिन सार्वजनिक विदा भए ।
गणतन्त्र स्थापनादेखि मुलुकमा पृथ्वी जयन्ती मनाउने परम्परा हटेका थियो । तर, यस वर्ष २७ पुसका दिन पृथ्वी जयन्ती मनाउन सार्वजनिक विदा दिइयो । यो विदा पनि सरकारी ‘क्यालेन्डर’मा उल्लेख थिएन । त्यसो हुँदा पुष महिनामा शनिवारसहित सार्वजनिक विदा मात्रै ८ दिन भए । सार्वजनिक विदा धेरै दिइएको बैशाख महिना पनि हो । बिशेष महत्व नभएपनि बैशाखामा कुल नौ दिन सार्वजनिक विदा भए ।
सरकारी ‘क्यालेण्डर’ हेर्दा अन्य महिनामा भएको विदाका सुचि पनि लामै छन् । कतिपय यस्ता विदा छन्, जुन ‘क्यालेण्डर’मा समावेश छैनन् । प्रदेश तथा स्थानीय सरकार र सरकारी संस्थाले दिने विदा ‘क्यालेण्डर’मा उल्लेख गरिएका हुँदैनन् । ती समेत जोड्दा विदा सुचि अझ बढ्छ । ‘क्यालेण्डर’मै उल्लेखित सुचि हेर्दा ३६५ दिनमा ९५ दिन सार्वजनिक विदा परेका छन् ।
विदाका कारण राज्यलाई पर्ने घाटाका सम्वन्धमा अनुसन्धान गरिएका छैनन् । तर, नेपाल बन्द हुँदा पर्ने घाटाका सम्वन्धमा भने अध्ययन भएका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल एक दिन मात्रै नेपाल बन्द हुँदा कम्तीमा १२ अर्ब रुपैयाँ घाटा हुने बताउँछन् ।
उनी भन्छन्,‘एक दिन सार्वजनिक विदा हुँदा राज्यलाई कति आर्थिक क्षति हुन्छ यसको बिषयमा अनुसन्धान भएका छैनन् । तर, नेपाल बन्द हुँदा पर्ने क्षतिका सम्वन्धनमा भने सामान्य अनुमान गरिएका छन् । प्राप्त तथ्यांक अनुसार एक दिन नेपाल बन्द हुँदा कम्तीमा पनि १२ अर्व रुपैयाँ आर्थिक क्षति हुन्छ ।’
उनका अनुसार यस्ता अनावश्यक विदाले राज्यलाई आर्थिक क्षति पर्ने मात्र नभई राज्यले दिने सुविधाबाट जनता वन्चित हुनेगर्छन् । तर, सार्वजनिक विदामा उद्योग, कलकारखाना, होटल रेष्टुरेन्ट, बैंक तथा वित्तिय संस्था खुद्रा व्यापार सुचारु हुने भएको हुँदा नेपाल बन्दमा जस्तो ठुलो क्षति भने नहुने उनको तर्क छ ।
उनी भन्छन्,‘सार्वजनिक बिदामा उधोग तथा कारखाना खुलेका हुन्छन् । बैंक तथा वित्तिय संस्था बन्द भएपनि खुद्रा तथा थोक व्यापार चलेका हुन्छन् । होटल र रेष्टुरेन्ट पनि खुला हुन्छन् । त्यसो हुँदा नेपाल बन्दमा जस्तो ठुलो परिमाणमा आर्थिक क्षति त हुँदैन । तर, राज्यबाट प्रवाहित सुविधा लिन जनता बन्चित हुन्छन् । जस्तो नागरिकता, पासपोर्ट, लाइसेन्स, राष्ट्रिय परिचय पत्र राज्यबाट प्रवाहित सुविधा हुन् । विदा हुँदा यी सुविधा लिन जनता बन्चित हुन्छन् ।’
नेपाल न्युज बैक