राष्ट्रपतिको उमेदवारबारे निर्णय लिन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे बस्ने गरि बोलाएको छ ।
राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।