सांसद सुवालद्वारा महिला हिंसाबारे सदनको ध्यानाकर्षण
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सप्तरीकी एक महिलालाई बोक्सीको आरोपमा गरिएको दुव्र्यवहारबारे संसदमा आवाज उठाएका छन्।
बुधबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद सुवालले फागुन ५ गते सप्तरीको बल्यान २ की सोशिता दासलाई बोक्सीको आरोप कुटपिट गरिएको तर प्रहरीले पिडितको दर्ता नगरेको घटनामा उनले सदन मार्फत सरकारको ध्यानार्षण गराएका हुन्।
दासको निर्धात कुटिएकी दासको उपचारका लागि समेत ध्यान नदिइएको भन्दै उनले गृहमन्त्रीको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीलाई संसदमा सो विषयमा सदनलाई जानकारी गराउन लगाउन सभामुखको ध्यानाकर्षण गराए ।
अर्को प्रशंगमा उनले भक्तपूर कमलविनायक नगरकोट तथा भक्तपुर र दुवाकोट हुदैँ चाँगुनारायण वडा ४ जोड्ने सडक चौडा तथा कालोपत्रेको काम अलपत्र परेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले भने ‘दुवाकोट केएमसी अस्पताल हुदैँ चाँगुनारायण वडा ४ को वडाकार्यलय जोड्ने सडक चौडा गरि कालोपत्र गर्ने काम अलपत्र भएको तीनवर्ष भयो उक्त काम सम्पन्न गर्न ध्यानाकर्षण गराउँन चाहान्छु।’
उनले काठमाडौं विकास प्राधिकरण खारेज गर्न माग समेत गरेका छन् । उनले भने ‘देशका बजेट काठमाडौंमा मात्रै खर्च गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरण अभिलम्व खारेज गर्न जरुरी छ ।’