नागार्जुनबाट आठ जना जुवाडे पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परका छन् ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्दब मल्ल र सोही नगरपालिका–२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापा समेत ८ जना रहेका छन् ।
उद्दब मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ६ सय रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।