काँग्रेसले पौडेल र सिटौला एकलाई राष्ट्रपति बनाउँछ : एनपी साउद
काठमाडौ / राष्ट्रपति निर्वाचनले सत्ता गठवन्धनमा हलचल पैदा गरेको छ । माओवादी केन्द्र राष्ट्रपति उम्मेदवार राष्ट्रिय सहमतिका आधार हुनुपर्ने भनिरहेको छ । काँग्रेस र एमाले आ–आफ्ना उम्मेदवारका पक्षमा उभिएका छन् । राष्ट्रपतिका लागि बिभिन्न व्यक्तिको नाम चर्चामा छन् । यहीक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा सांसद एनपी साउदले काँग्रेसले राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मध्येबाट बनाउने भनाई सार्वजनिक भएको छ । उनीसँग गरिएका सम्वादको बिशेष अंश :
–वर्तमान सत्तारुढ गठवन्धनमा खटपट सुरु भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) त सरकारबाटै बाहिरिसकेको छ । समग्रमा वर्तमान गठवन्धनलाई कसरी नियाली रहनुभएको छ ?
निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र लगायतका दलसँग चुनावी गठवन्धन बन्यो । सरकार निर्माणका क्रममा चुनावी गठवन्धन कायम रहन सकेन । दलहरुबीच नयाँ समिकरण बन्यो । सरकार पनि नयाँ ढंगले बन्यो । जुन स्वभाविक थिएन । यसले सेवा डेलिभरी गर्न सकिरहेको छैन । गठवन्धन भित्र सैद्धान्तिक मतभेद चुलिएको देखिन्छ । सत्तारुढ दल एउटा निश्चित सोँचका अघि बढ्नु पथ्र्यो । जुन हुन सकिरहेको छैन । त्यसो हुँदा अहिलेको गठवन्धन गन्जागोलको अवस्थाबाट गुज्रिरहेको देखिन्छ ।
–यसका कारण के देख्नुहुन्छ ?
मुख्यतः दलहरुबीचको सैद्धान्तिक मतभेद नै हो । जस्तो गठवन्धनको एउटा घटक राष्ट्रिय प्रजातन्त्र पार्टी लामो समयदेखि संवैधानिक राजन्त्रको पक्षमा छ । उसले यसैको पैरवी गर्दै आएको छ । निर्वाचनबाट उदाएको राष्टिय स्वतन्त्र पार्टीले नयाँ आशा सञ्चार गर्न सकिरहेको छैन । उसले पुरानै निरासा र कुण्ठालाई नयाँ ढंगले भावानुवाद गरिरहेको छ । रास्वपा संघीयताको पक्षमा पनि उभिएको देखिँदैन । अर्कोतर्फ गणतन्त्र र संघीयताको वकालत गर्ने माओवादी र एमाले पनि गठवन्धनभित्रै छने । यी अवस्था गन्जागोलका सुचक होइनन् र ?
– त्यसो हो भने गठवन्धन संघारतिरै पुगेको हो त ?
मलाई लाग्छ, राष्ट्रपति निर्वाचनसम्म गठवन्धन विघटनको वाटोमा गईसक्छ ।
– काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दियो । पछिल्ला दिन काँग्रेस र माओवादीबीच सघन वार्ता भइरहेका छन् । सत्तारुढ गठवन्धन भत्काउन काँग्रेस घोषित रुपमै अघि बढेको हो ?
यो गठबन्धन काँग्रेसका कारण फुटन लागेको होइन । यसको कारक उहाँहरु आफै हुनुहुन्छ । यो भन्दा अघि पनि जनताले उहाँहरुलाई दुई तिहाई मत दिएका हुन् । सोही मतका आधारमा नेपाल कम्यूनिष्ट पार्टी बन्यो । तर, उहाँहरुले पार्टी चलाउन सक्नुभएन । न सरकार नै ठिक ढंगले चलाउन सक्नुभयो । दुई पटक संसद विघटन गरिए । मध्याअवधि चुनावको मिति तोकिए । अदालतलमा मुद्या पर्यो ।
सरकारको कदम संविधान विपरित छ भने अदालतले भन्नु पर्ने अवस्था आयो । त्यसो हुँदा समस्या उहाँहरुमै छ । काँग्रेसलाई दोष लगाउने ठाउँ छैन । चुनावपछि प्रचण्डलाई जसरी पनि प्रधानमन्त्री बन्नु थियो भने, केपी ओलीको उद्येश्य काँग्रेस रोक्नुथियो । यही कारण उहाँहरु एक ठाउँमा उभिनुभयो । त्यसो हुँदा अहिले गठवन्धन राष्ट्र निर्माणभन्दा पनि व्यक्तिगत स्वार्थका कारण भएका हुन् । स्वार्थ बाझिना साथ गठवन्धन सकिन्छ । अहिले भएको त्यही हो ।
–काँग्रेसले एकाएक प्रधानमन्त्रीलाई विश्वासको मत दिएर राष्ट्रपतिसहित पद सुरक्षित गर्न खोजेको आरोप छ नी ?
यो गलत हो । निर्वाचनमा हाम्रो भाग सुरक्षीत नै छ । ८९ सिट हामीसँग छ । लगभग सबै प्रदेशमा हामी ठुलो पार्टीका रुपमा रहेका छौ । हामीले स्थानीय तहमा पनि सबैभन्दा धेरै सिट ल्याएका थियौ । यतिबेला मुलुककै ठुलो पार्टी काँग्रेस छ । काँग्रेसलाई निशेध गरेर मुलुकको राजनीति अगाडी वढन सक्दैन । घटना क्रममले मात्रै होइन, काँग्रेसको स्ट्रेन्थले पनि यो बिषय प्रर्दशित गरेको छ ।
–मुलुकको ध्यान राष्ट्रिपति निर्वाचनमा केन्द्रीत छ । काँग्रेसले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने तयारी गरिरहेको छ ?
राष्ट्रपतिमा उम्मेदवार बन्न केही नेताहरुले इच्छा राख्नु भएको छ । इच्छा व्यक्त गर्ने नेता चार–पाँच जना होलान् । त्यसमध्ये रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम छालफलमा आइरहेको छ । काँग्रेसको पधाधीकारी बैठकमा पार्टी सभापतिले उहाँको नाम लिनुभएको छ । बैठकमा एक चरण छलफल पनि भएका छन् । राष्ट्रपतिको उम्मदेवार उहाँहरु मध्येबाटै कोही होलान् । छलफल पछि हामी निश्कर्षमा पुग्नेछौं ।
–मुलुकको भावि राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा हुनु पर्ने वहस सतहमा छ । तर, काँग्रेस पार्टी भित्रै मान्छेलाई उम्मेदवार बनाउन अघि बढेको छ । यसका कारण केही होलान की ?
राष्ट्रपति संविधानप्रति प्रतिवद्ध व्यक्ति हुनुपर्छ । जनतामा सम्मान आर्जन गरेको व्यक्ति राष्ट्रपति हुनुपर्छ । राष्ट्रपति संविधानको संरक्षक हो । त्यसो हुँदा संवैधानिक प्रकृया बुझेको व्यक्ति राष्ट्रपति हुनुपर्छ । मुलुकमा नयाँ संविधान जारी भएको ५–७ वर्ष मात्रै भयो । यसलाई संस्थागत गर्न आवश्यक छ । यी मर्म बुझेको व्यक्ति राष्ट्रपति हुनुपर्छ । यही पृष्ठभुमिमा काँग्रेस राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउन चाहन्छ । अर्को पक्ष के भने ससंदको तोस्रो ठुलो दल अहिले प्रधानमन्त्रीका रुपमा क्रियाशिल छन् । दोस्रो ठुलो दल एमालेले सभामुख पाइसकेको छ । पहिलो ठुलो दल काँग्रेसले राष्ट्रपतिमा दावी गर्नु स्वभाविक बिषय हो । यसैमा राष्ट्रिय सहमति हुनुपर्छ ।
– काँग्रेसले चुनावी गठवन्धन जोगाउन सकेन । परिमाणतः काँग्रेस प्रतिपक्षमा रहनुपर्ने अवस्था आयो । यसमा काँग्रेस कहिँ न कतै चुके झै लाग्दैन ?
चुनावमा हामीले गठवन्धन गरेर आएका थियौ । गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिने प्रतिवद्धता थियो । तर, प्रधानमन्त्री को बन्ने बिषयमा काँग्रेस र माओवादी केन्द्रबीच मत बाझियो । यही कारण गठवन्धन टुट्यो । यही विषयमा गठवन्धन टु्ट्नु हुन्नथ्यो । यस बिषयमा काँग्रेसले गल्ति गरेकै हो । यसमा दुविधा छैन ।
–पार्टी भित्र आन्तरिक कलह छ । राष्ट्रपति निर्वाचनमा जाँदै हुनुहुन्छ । यसले काँग्रेसलाई घाटा पुर्याउँदैन ?
अन्तर पार्टी प्रजातन्त्र हामी कहाँ छ । आ–आफ्ना दृष्टिकोणलाई पार्टीभित्र वहसको विषय वनाउन सकिन्छ । यस्ता वहस अहिले मात्र नभएर पार्टीमा लामो समयदेखी चल्दै आएको थियो । तर निर्णय गर्दा हामी सस्थागत रुपमा गर्छौं । सहमतिले नै निर्णय हुने गरेको छ । अबको दिनमा पनि त्यही हुन्छ । यसले राष्ट्रपति निर्वाचन मात्र नभई पार्टी जीवनलाई नै असर गर्दैन ।
–गठवन्धन तोडिनुमा पार्टी महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई दोषी भनिरहनु भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
पार्टीको नेतृत्वमा वसेकाहरुले एक–अर्कालाई दोषारोपण गर्नु ठिक होइन । उहाँहरु युवा हुनुहुन्छ । तर, योग्य हुनुहुन्छ । उहाँहरुले पार्टीलाई अगाडी वढाउने बिषयमा आफ्ना योग्यता उपयोग गर्नु पर्नेछ । एकअर्कालाई दोषारोपण गरेर होइन । उहाँ अरुलाई दोष दिएर उम्कन पाउनु हुन्न ।