यस्तै भड्किलो र खर्चिलो अवस्था रहे म अवको चुनाव लड्दिन : कृष्णजिवि पन्थ, बरिष्ठ उपाध्यक्ष एनआरएनए अमेरिका
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता तथा नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्ण लामिछाने घरमै मृत भेटिए पछि उनको मृत्युलाई लिएर अमेरिकी नेपाली समाजमा आ आफ्नै तर्क आउने क्रम रोकिएको छैन।
तिनै लामिछानेको मलामी जादाँ एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले बोलेको एक बाक्यले अहिले बाँकी अभियन्ताहरु पनि तरङ्गित भएका छन्।
मलामीकै लागि मेरिल्याण्डबाट टेक्सास पुगेका पन्थले उनका कोर टिम सँग अब आफु एनआरएनए अमेरिकाको अध्यक्ष पदको उमेदवार नहुने बताएका थिए। जबकी अहिले एनआरएनए अमेरिका चुनावी जोडघटाउमा छ।
टेक्सास लगत्तै केन्टकी पुगेका पन्थले सदस्यता विरतरण अभियान कार्यक्रममा बोल्दै घर विगारेर एनआरएनए अभियानमा नलाग्न सहभागिलाई सुझाव दिए। उनले यो अभियानमा आउन अगाडि परिवार सँग स्वीकृत लिन भने।
‘घर विगारेर समाज सेवा नगरौ, पहिला घर परिवार जोगाउ।’ कृष्णजीवीको अर्ति थियो।
पन्थ अघिल्लो निर्वाचनमा लामिछाने समुहबाट चुनावी मैदानमा थिए। अध्यक्षमा लामिछाने पराजित हुदाँ उनी बरिष्ठ उपाध्यक्षमा विजयी भए। यस पटक उनले अध्यक्षको दावी गर्नु स्वाभाविक पनि हो तर, लामिछानेको मलामी जाँदा उनले भनिदिए ‘म अब त्यत्रो खर्च गरेर अध्यक्षको उमेदवार हुन्न।’
पन्थको भनाईले उनको कोर टिममा सन्नटा छाइरहेको छ। त्यही बेला एनआरएनए आइसीसीका महासचिव एवं अमेरिकाका पूर्व अध्यक्ष डाक्टर केशव पौडेल बाल्टिमोर पुगेर पन्थलाई ‘धाप’ मारेका छन्। तनहुँका पौडेल र पन्तको सम्वन्ध पछिल्लो समय पानी बाराबारको थियो।
एकाएक बदलिएको परिवेशमा समाज टाइम्सले पन्थ सँग गरेको संवाद ।
कृष्ण लामिछानेको मलामी जादा टेक्सासमा तपाईले अब म एनआरएनए अमेरिकाको अध्यक्षमा चुनाव लड्दिन भनेर आन्तरिक बैठकमा भन्नु भयो भन्ने बाहिर आएको छ। खास कुरा के हो ?
एनआरएनएमा जुन हिसावले चुनाव हुनु पर्ने थियो त्यो भइरहेको छैन, जुन तडक भडक र खर्चिलो चुनाव छ त्यसलाई रोक्नु पर्छ यस्तै किसिमको चुनाव गर्ने हो भने मैले भाग लिन्न भनेको हो।
मेरो कुरा के हो भने यसलाई सुधार गरेर जानु पर्छ। हाम्रोमा चार रिजन छ । चारै रिजनमा कार्यक्रम गरौ र चुनावमा प्रतस्पर्धा गर्ने साथीहरुले त्यही फोरममा डिवेट गरौ भन्ने कुरा हो। हिजोका चुनावी अभियान थियो, च्याप्टर च्याप्टर जाने खादा माला लगाउने भाषण गर्ने । यसलाई ठिक गर्नु पर्छ र पब्लिकका कुरा हामीले सुन्नु पर्छ। हामी जिम्मेवार हुनु पर्छ भन्ने मेरो धारणा हो।
नेपालमा राजनीतिक दलको जस्तो हाम्रो चुनाव खर्चिलो एकदमै बोजिलो बनिरहेको अबस्थामा यसलाई चिर्नु पर्छ, हामीले सहज सरल ढंङ्गले अभियानमा लाग्ने साथीलाई जोड्नु पर्छ भन्ने हो। त्यसका लागि म सँग आइडिया पनि थियो।
हामी चार पाँच ठाँउमा पब्लिक फोरममा जाउ आफ्ना एजेण्डा राखौ पब्लिकले सोधेका प्रश्नको जवाफ दिनु पर्छ । यो संस्थालाई सबैको साझा रुपमा चलाउनु पर्छ। आजिवन र साधरण सदस्य प्रति उत्तरदायी हुनु पर्छ भन्ने मेरो कुरा हो।
अब तपाईले उठाएका कुरामा सुधार हुने देख्नु भएको छ कि यस्तै छ ?
सुधार हुने संकेत देखेको छैन, मैले अध्यक्ष (बुद्दि सुवेदी) ज्यू सँग पनि कुरा गरेको थिए उहाँले हुन्छ सल्लाह गरौला भन्नु भा छ तर त्यो किसिमले गएको छैन। मेम्वरसिप ड्राइभमा पनि साथीहरुले आफ्नो उमेदवार घोषणा गर्ने अगाडि बढ्ने कुराहरु एग्रिसिप रुपमा बढेको छ। मैले अहिले सम्म उमेदवार घोषणा पनि गरेको छैन्, गर्नेवाला पनि छैन मेम्वरसिप ड्राइभ नसकिए सम्म। त्यस पछाडि नै गर्ने हो।
साथीहरुले यो विधि विधान नै बुझ्नु भएको छैन। साथीहरुलाई एउटा चुनाव सकिए पछि अर्को चुनावको तयारी हुन्छ। म यस किसिमको पद्ति छ जुन प्रक्रिया छ त्यसको विरुद्दमा म हो।
यो तपाईले भड्किलो खर्च भनिरहुनु भएको छ नी त्यो भनेको के हो ?
खर्च नेपालको चुनाव जस्तो भयो। सदस्य बनाउन पनि पैसा दिनु पर्ने, हुन त त्यसलाई एमआइएस सिस्टममा गएर अहिले चिर्ने प्रयास गरेका छौ। त्यो चिर्नु पर्छ। एनआरएनएको सदस्यता किन बन्ने भन्ने प्रस्टाउनु पर्छ। नेपालमा नागरिकताको कुरा छ। हाम्रो अन्य आर्थिक सांस्कृतिक कुरा छ। हाम्रो छोराछोरीलाई नेपालमा कसरी जोड्ने भन्ने समस्या छ। यी सम्पूर्ण कुराहरुलाई सम्वोधन गर्दै हाम्रो एनआरएनएले नेपालमा दुर्गम क्षेत्रमा शिक्षा स्वास्थको क्षेत्रमा कम गर्नु पर्छ भन्ने मेरो धारणा रहेको छ।
यहाँ एनआरएनएमा खर्च गर्ने पैसाहरु मेम्वरसिप ड्राइभमा जादा कार्यक्रम गर्दा साथीभाई खानापिनाको कुरा हुन्छ। मेम्वर कति बनाउने भन्ने कुरा हुन्छ। त्यस पछि चुनाव प्रचार प्रसारका कुरा छन्। त्यसमा अत्यन्त खर्चिलो भड्किलो । हामीहरु खादा माला लगाउने आफ्नो भाषण गर्ने हिड्ने पब्लिको कुरा नसुन्ने जुन प्रवृत्ति छ यो खर्चिलो पनि छ भड्किलो पनि छ म यसको सशक्त बिरोधि हो।
यो अभियानमा जोडिने साथिहरुलाई भावनाको कुरा हो। यो साझा सस्था हो यसलाई भावनाले जोड्न पर्छ। पैसाले जोड्दैन। संस्थामा आउन चाहाने साथीहरुलाई हामीले अलिकति सरलिकरण यसलाई अलिकति शुद्दिकरण र आउन चाहाने साथीहरुलाई यो अभियानमा जोड्न पर्छ भन्ने मेरो मान्यता हो।
भड्किलो खर्च भन्नाले कति जति खर्च हुन्छ तपाई त पटक पटक चुनाव लड्नु भयो
धेरै खर्च हुन्छ । पछिल्लो चुनावमा पनि मेरो धेरै नै खर्च भयो । साथीहरुले पनि थुप्रै खर्च गर्नु भएको छ। यसमा सम्पूर्ण दायित्व स्टेट स्टेटमा गएर खानपिन देखि लिएर, सदस्यता बनाउने देखि लिएर, साथीहरु जम्मा हुन्छ। भेला राख्नु पर्ने । त्यसमा साथीहरुलाई जवरजर्स्ती ल्याउने। आफ्ना एजेण्डाहरु केही पनि नभन्ने, गुट उपगुट । अमेरिकामा रहेका नेपालीलाई अपनत्व हुने गरि काम गर्नु पर्ने हो त्यो भएको छैन ।
अब उपाय के हुन्छ त यो भड्किलो कम गर्ने ?
यसमा के छ भने केही पनि गर्न पर्दैन । कसैलाई रोक्ने छेक्ने कुरा छैन। एनआरएनएले आफ्नै क्यालेण्डर बनाएर ठूला सिटीहरुमा आफ्नो अभियान जोडिने साथीहरुलाई ल्याएर सबै उमेदवारलाई ल्याएर यो यो तारिकमा यो यो दिनमा अन्तर्क्रिया कार्यक्रम हामी चुनावी सभा भन्छौ त्यो शब्द नै गलत हो। अन्तर्क्रिया कार्यक्रम पब्लिक सँग गर्नु पर्ने देखिन्छ। हामीले अहिले पनि के गर्न सक्छौ भने चार पाँच वटा सिटीमा जान सकेन भने पनि एउटा सिटीमा त जान सक्छ नी उमेदवारहरु आफ्नो धारण राख्न सक्छ। एजेण्डा राख्न सक्छ। पब्लिकले सोधेको प्रश्नको जवाफ दिन सक्छ। त्यसलाई सामाजिक सञ्जाल बाट सबै सम्म पुर्याउ भन्ने मेरो धारणा हो।
होइन यहाँ एनआरएनएको सदस्यता बनाउ, भेटघाट, खादामादा, भाषण गरेर सबै तिर गरेर लाखौ डलर मैले किन खर्च गर्ने ? बरु त्यो पैसा त मैले कर्णलीमा दश जना विद्यार्थीलाई डाक्टर पढाए भने त्यो पो उत्पादक हुन्छ । आत्मले शान्ति पाउछ। नेपालमा अझै पनि एक छाक खान नपाएका, पढ्न नपाएका, औषधी नपाएका थुप्रै मान्छे छन्। एउटा फाउण्डेशन खोलेर अमेरिकामा एनआरएनएको नाममा हुने अनावश्यक खर्च नेपालमा लगायो भने धर्म पनि हुन्छ।
ठ्याक्कै जवाफ त आएन नी तपाई अध्यक्षको उमेदवार हो होइन भन्ने यदी तपाईले भनेको अनुसार भएन भने तपाई उमेदवार होइन भन्नेर बुझ्ने हो ?
होइन, म मे १५ तारिक सम्म सदस्य बनाउने मात्र हाम्रो एजण्डा भन्ने हो । त्यो अगाडि म हो होइन भन्ने पक्षमा छैन। र मे १५ पछाडि मलाई आशा छ, म विश्वास गर्छुकी मेरो जुन अवधारणा छ मेरो मात्र होइन सल्लाह गरौ त्यो भन्दा राम्रो अवधारणा पनि आउन सक्छ, खर्चिलो भड्किलो चुनाव पहिलाकै जसरी हुने हो भने म उमेदवार हुन्न। त्यसलाई सुधार गर्न सकिने संकेत देखे भने म उमेदवार हुन्छु। अहिले म उमेदवार हो होइन भन्दा पनि मेरो जोड सबैलाई सदस्यता बनाऔ यो साझा संस्था हो र यसलाई मलजल गर्ने जिम्मेवारी पनि हाम्रै हो भन्ने पक्षमा म हो।
यो बीचमा तपाईको फेसबुकमा फोटो पनि सार्वजनिक भयो, एनआरएनए आइसीसीका महासचिव तथा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल तपाईकै घरमा आउनु भएछ। तपाईहरु बीच त दुरी बढेको थियो । तपाईले टेक्सासमा गएर म अब अध्यक्षको उमेदवार हुन्न भने पछि उहाँ हतार हतार तपाईको घरमा आएर होइन यस पटक हामी तपाईलाई साथ दिन्छौ भन्नु भएको छ रे यो चै के हो ?
यो हाम्रो पारिवारिक भेट हो । संस्थागतरुपमा हामी बीच जेजस्तो सम्वन्ध भए पनि हाम्रो पारिवारिक सम्वन्ध राम्रो छ। मेरो छोरा, डाक्टर केवश पौडेल र डाक्टर यादव पण्डितका छोराहरु साथी हुन्। उनीहरुका कारण पनि हाम्रो भेट भइनै रहन्छ।
उहाँको कुरा पनि म सँग मेल खान्छ । उहाँले के भन्नु भएको छ भने पहिला मेम्वरसिप ड्राइभ गरौ। यो सबैको साझा संस्था हो । त्यस पछाडि हामी मिलेर अगाडि बढ्नु पर्छ । अभियानमा जोडिएका सबैलाई मिलाउने कोसिस हुन्छ भन्नु भएको छ। उहाँबाट धेरै सकारात्मक कुराहरु आएको छ।
एनआरएनए अमेरिकामा संस्थापन विरुद्दको मत धेरै छ तर उनीहरु एक हुन नसक्दा सदैव संस्थापन हावी भएको छ। अघिल्लो पटक संस्थापनबाट बुद्दि सुवेदी उमेदवार हुनुभयो। संस्थापन इतरबाट कृष्ण लामिछाने र डाक्टर अर्जुन बञ्जाडे अध्यक्षको उमेदवार भए पछि नतिजा सुवेदीको पक्षमा गयो। यस पटक पनि दुई उमेदवार मात्र भए दिलु पराजुलिलाई गाह्रो हुन सक्छ। त्यसो हुदाँ तपाई र बञ्जाडे नमिलुन भनेर तपाईलाई उकास्न डाक्टर पौडेल हतार हतार तपाईको घर आउनु भएको हो भन्ने पनि छन् ।
होइन, मलाई त्यस्तो लाग्दैन । म आफ्नो एजेण्डा लड्ने हो । मेरो एजेण्डा स्थापित भयो भने म लड्छु भएन एजेण्डा स्थापित गर्न सकिएन भने आफै बाहिरिन पर्यो। म पौडेलले लड भनेर लड्ने नलड भनेर नलड्ने हुदै होइन नी मेरो आफ्नै एजेण्डा छ नी ।
हुन त अहिले सम्म सकैले पनि औपचारिक घोषणा गर्नु भएको छैन पछाडि हट्दैनौ भन्ने मात्र छ। डाक्टर अर्जुन बञ्जाडे र तपाई बीचमा एक जना मात्र उमेदवार हुने भन्ने सहमति भएको हो ?
सहमति भएको छैन । साथीहरुको ठूलो दवाव छ यो संस्थापन पक्षले अलिक अव्वहारिक र गैरजिम्मेवारी काम गरेको छ। यस पटक सबै साथीहरु डाक्टर बञ्जाडे म लगायतका साथीहरु मिल्नु पर्छ भन्ने एक किसिमको प्रेसर छ।
सम्भावना कत्तिको छ ?
सम्भावना भन्न सकिदैन। अहिले सम्म घनिघुत छलफल भएको छैन। अहिले हाम्रो सहमति के भएको छ भने मे १५ तारिक सम्म हामी सदस्यता विस्तारमा अगाडि बढौं त्यस पछि यो बारेमा मिल्ने मिलाउने कुराहरुमा दिलु जी पनि (दिलु पराजुली) अभियानमा जोडिएको मान्छे दिलु जीको नाम छ। सुमन थापा, म भए, डाक्टर बञ्जाडे हामी चार पाँच जना साथीहरु छौ त्यसमा हामी मे १५ पछि सरसल्लाह गर्ने कुरा छ।
औपचारिक घोषणा नभए पनि अध्यक्षको उमेदवारमा संस्थापन पक्षबाट दिलु पराजुलिको नाम चर्चामा छ तर पछिल्लो समय तपाई आफु संस्थापन पक्षको उमेदवार भन्ने भनेर संम्भावना खेल भइरहेको हो?
म संस्थापनमा हुँ वा बाहिर हु त्यसले असर गर्दैन मेरो एजेण्डा वा आम गैर आवासीय नेपालीको भावना अनुसार चुनाव भयो भने म चुनाव लड्ने हो जुन पक्षबाट पनि हुन सक्छ तर त्यो पक्षलाई सम्बोधन गरिएन भने म चुनावमा भाग नलिन पनि सक्छु।
बीस हजार भन्दा बढी सदस्य भएको एनआरएनए अमेरिका, एक महिना नाध्यो सदस्यता खुलेको तर अहिले सम्म दुई सय पनि सदस्य बनेका छैनन भन्ने छ सुस्त भइरहेको छ होइन।
यो जटिल छ हामीले हाम्रो सदस्यहरुलाई भन्न सक्नु पर्छ, हामीले बताउन सक्नु पर्छ जुन किसिमको गुटउपगुट राजनीति हामीले गरेका छौ त्यो गलत छ । मैले हिजो आइसीसीको चुनावमा लेखेकै हो मेरो फेसबुक स्टाटसमा पनि हेर्न सक्नु हुन्छ। जुन तरिकाले सहमति भयो । जुन किसिमले प्रजातान्त्रिक तरिकलाई अवरुद्द गर्ने काम भयो त्यसका बिरुद्मा म हो। प्रजातान्त्रिक प्रक्रियामा यसलाई लैजानु पर्छ हाम्रा समस्या विदेशमा बस्ने नेपालीहरुको समस्या विदेशमा बसेरै समाधान गर्नु पर्छ नेपाल आफै समस्या ग्रस्त भएको कारणले गर्दा फेरि हामी नेपालमै गएर नेतृत्वले अदालत पुलिस राजनीतिक दलका नेताहरुलाई जुन हारगुहार गरियो त्यो गलत थियो। भोली पनि भन्छु त्यो प्रक्रिया गलत छ यसलाई सुधार गर्नुको बिकल्प छैन।
विदेशमा रहेका नेपालीहरुको साझा संस्था हो यो । र हाम्रो समस्या विदेशमै बसेर टेबलटक गरेर समाधान गर्नु पर्छ भन्ने हो।
सदस्यता बन्ने क्रम साह्रै सुस्त भएन
अन्तिम चरणमा त बनिहाल्छन। के छ भने समय छ, समय छ भन्ने अन्तिममा बन्ने हाम्रो पहिले देखिकै बानी हो। तर यस पटक ज्यादै नै सुस्त भएको छ। यसमा थुप्रै अनुत्तरिक प्रश्नहरु छ। त्यसको उत्तर हामीले दिन सक्नु पर्छ पब्लिकलाई
जस्तै
एनआरएनएको सदस्यता किन भन्ने भन्ने कुरा । हाम्रो उदेश्य के हो विधि विधानले के भन्छ त्यो बुझाउन सक्नु पर्यो। एनआरएनएले घरायसी झगडामा जोडिने अथवा अन्य मुद्दा मामिलामा जोडिने संस्था होइन नी यो त यसले विदेमा रहेका नेपालीहरुलाई समस्या पर्दा, मर्दा र पर्दा गर्ने हो। यहाँ तपाई हाम्रो छोरा छोरीलाई पढ्नको लागि समस्या छैन। सबैले डलर नै कमाएका छन्। सबैको घर- गाडि छ। नेपालमा एक छान कान नपाउने एउटा किताव किन्न नसक्ने स्कूल जान नपाउने परिवार पनि छ। एनआरएनले जहाँ समस्या छ जहाँ आवश्यकता छ त्यहाँ गर्ने हो ।
यहाँ (अमेरिकामा) सबै भन्दा ठूलो समस्या मेन्टल हेल्थ हो । यसमा एनआरएनएले के गर्न सक्छ, मेरो विभिन्न साथीहरु सँग कुराकानी पनि भएको छ। त्यसबारेमा हामीले एग्रेसिप रुपमा नै काम गर्नु पर्ने छ । डिप्रेसनका कुराहरु पनि छ। हामीले जनमानमा चेतना जगाउने । समस्यामा परेका मान्छेहरुलाई हाम्रो टिममा ल्याएर काउन्सिलिङ्ग गर्ने कुराहरु छ। त्यसमा अगाडि बड्नु पर्ने देखिन्छ।
हिजो पेन्डामिकमा हामीले धेरै मान्छेलाई सहयोग गरेका थियौ । युक्रेन युदद्मा त्यहाँ भएका नेपाली विद्यार्थीहरुलाई पनि उद्दार गर्ने काम पनि एनआरएनएले गरेको छ। पेन्डामिकमा मिडिलिस्टमा नेपाल जान नसक्ने जागिर गुमाएका साथीहरु पनि आइएलओको सहयोगमा केही रकम उपलब्ध भएको थियो त्यसको आधारमा त्यहाँ विचल्लीमा परेका साथीहरुलाई नेपाल लैजाने कुरामा पनि एनआरएनले काम गरेको छ।
हामीले प्रष्टरुपमा भन्न नसक्ने । अहिले पनि बैदेशिक रोजगार श्रमिक ऐन बनेको छ। त्यसमा पनि एनआरएनएको ठूलो देन रहेको छ। हामीले आफुले गरेको कुरा बाहिर ल्याउनु पर्यो। आफ्नो कमि कमजोरी छ भने त्यसलाई पनि सुधार गर्नु पर्यो भन्ने मेरो कुरा हो।