नेपाल र भारत बीच मैत्रिपूर्ण फुटबल दुई दुई गोलको बराबरी, खेलको अन्तमा साम्बाको दुई गोल
पेन्सिलभेनिया,अमेरिका / भारत विरुद्दको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली महिला राष्ट्रिय टिमले रोमाञ्चक बराबरीमा टुङ्गाएको छ।
खेल सकिनै लाग्दा सम्म दुई शुन्यले पछाडि रहेको नेपालले तीन मिनेटमा दुई गोल फर्काउदै बाराबरीको नजिता ल्याएको हो।
भारतको चेन्नाई स्थित जवारलाल नेहेरु रंगशालामा भएको खेलको पहिलो हाफ गोल रहित बनेको थियो।
५६ औ मिनेटमा सौम्याले भारतलाई अग्रता दिलाएकी थिइन। त्यस पछि ६८औं मिनेटमा कप्तान इन्दुमति काथिरेसानले भारतको अग्रता दुगुना पारिन।
तर दुई शुन्यले पाछाडि परेर पनि नेपालले हार मानेन्। निर्धारित समयको अन्तिम मिनेटमा साबित्रा भण्डारीले पहिलो गोल फर्काइन।
उनले पेनाल्टिमा गोल गरेकी थिइन। खेलको इन्जुरी समयमा साबित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई हारबाट जोगाइन् ।
दोस्रो मैत्रिपूर्ण खेलमा अब शनिवार हुने छ।