न्यूयोर्क एयरपोर्टमा फेब्रुअरी २६ तारिक उबर र लिफ्ट चालकको हडताल
न्यूयोर्क,अमेरिका / विश्वको आर्थिक राजधानी मानिने अमेरिकाको न्यूयोर्कको एक एयरपोर्टमा हडताल तथा प्रदर्शनी हुने भएको छ।
न्यूयोर्क ट्याक्सी श्रमिक एलाइन्सको आयोजनामा हडताल हुन लागेको हो। एलाइन्सले फेब्रुअरी २६ तारिक आइतवार दिउँसो १२ देखि मध्यरात १२ बजे सम्म लगुर्डिया विमानस्थलमा हडताल र प्रदर्शनको आह्वान गरेको छ।
हडताल आयोजक मध्येका एक मोहम्मद टिपु सुल्तानका अनुसार सो समयमा सबै उबर र लिफ्टले आफ्नो सेवा बन्द गर्ने छन्।
‘उबर र लिफ्टका चालकहरू लोभी कम्पनीहरूको कारणले संघर्ष गरिरहेका छन्।’ समाज टाइम्स सँग सुल्तानले भने, ‘हामीले हाम्रो लुटिएको जित फिर्ता ल्याउन हाम्रो हडताललाई सफल बनाउन आवश्यक छ।’
सो दिनको हडतालमा नेपाली उबर र लिफ्ट चालकलाई पनि सहभागि हुन् एलाइन्सले आग्रह गरेको छ।
न्यूयोर्कमा उबर र लिफ्ट चालक नेपालीको संख्या ठूलो छ।
उबर र लिफ्ट चालकले कम्पनीले आफूहरुको मेहनतमा चोरी गरेको आरोप लगाउदै आएका छन्। चालकहरुले आफुले पाउनु पर्ने रकम वृद्धि गर्न माग गर्दै आएका छन्। चालक र कम्पनीबीचको सेवा सुविधाकालागि लिएर फरक मत रहदै आएको छ।
एलाइन्सले अडताल र प्रदर्शनका बारेमा थप जानकारीका लागि फेब्रुअरी १७ तारिक न्यूयोर्क क्वीन्समा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ।
पत्रकार सम्मेलनमा न्यूयोर्क ट्याक्सी श्रमिक एलाइन्सका कार्यकारी निर्देशक भैरवी देसाईले हडतालको आवश्यकताको व्याख्या गर्ने जनाइएको छ।
पत्रकार सम्मेलन ज्याक्सन हाइट्समा रहेको मुनलाइट ग्रिल र चिकनको दोस्रो तलामा हुने छ।
ठेगाना: 73-15 Broadway,Jackson Heighhts, Queens,NY, 11372