बजेटको संशोधित अनुमान मात्रै गरेको अर्थमन्त्री पौडेलको प्रष्टोक्ति
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले, बजेट संशोधन गरेको नभई संशोधित अनुमान मात्रै प्रस्तुत गरेको बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा मंगलवार सांसदले उठाएका प्रश्नको जवाफदिदैँ उनले बजेट कटौतीको बारेमा सञ्चार माध्यममा आएका टिका टिप्पणी गलत भएको तर्क गरे ।
उनले भर्ने हामीले बजेट कटौती गर्यौं, खर्च नगर्ने भयौं भनेर विभिन्न टिका टिप्पणी सार्वजनीक सञ्चार माध्यममा आउने गरेको छ । बजेट संशोधन गरेको हैन संशोधित अनुमान गरेको हो । ’
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७९÷०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरे पश्चात सदस्यहरुले प्रश्न गरेका थिए ।