भोलिबाट उपत्यकाभित्रका सार्वजनिक यातायात बन्द गर्ने यातायात मजदुरको घोषणा
काठमाडौं । यातायात मजदुरहरुले भोलिदेखि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन बन्द गर्ने घोषणा गरेका छन् ।
मजदुरहरुको आन्दोलनपछि विज्ञप्ति सार्वजनीक गर्दै उनीहरुले यस्तो घोषणा गरेका छन् । आन्दोलन गर्नेमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ रहेका छन् ।
तीनवटै मजदुर संघले सोमवार संयुक्त विज्ञप्ती सार्वजनिक मंगलवारबाट उपत्यकाभित्रका सबै सार्वजनिक यातायात बन्द गर्ने घोषण गरेका हुन् ।
मजदुरलाई कुटपिट गरेको, ट्राफिक प्रहरीले कारबाही शुल्क बढाएर दुःख दिएको भन्दै उनीहरु निरन्तर आन्दोलनमा छन् । यही क्रममा उनीहरुले सोमवार दिनभर जसो बसुन्धारा–बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले प्रहरीको गाडी र प्रहरी पोष्टमा आगजनि समेत गरेका छन् ।