‘केपी ओली कप २०२३’ आयोजना हुने
काठमाडौं । एमाले भ्रातृ संस्था राष्ट्रिय युवा संघ नेपालले ‘केपी ओली कप २०२३’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत ‘केपी ओली कप २०२३’ फुटबल आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।
राष्ट्रिय युवा संघले, आउँदो ११ फागुनबाट १७ फागुनसम्म काठमाडौंमा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।
संघको खेलकुद तथा स्वास्थ्य विभागले गर्न लागेको फुटबल प्रतियोगितामा विभिन्न ८ टिम सहभागि हुनेछन् ।