चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको छ : मन्त्री लिङ्देन
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन् ।
शनिबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा शीर्ष दलका नेताहरुले नै भन्ने गरेको भन्दै नेपालको निर्णायक भूमिका नेपालीको हातमा नभएको दाबी गरेका छन् ।
‘आज चौतर्फी रुपमा हाम्रो राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ भनेर राजेन्द्र लिङदेनले होइन, ठूला पार्टीका नेताहरुले भन्ने गरेका छन् । नेपालको निर्णायकत्व नेपालीको हातमा छैन भनेर कहिले काहीँ तपाईंले सुन्नुभएको छ । त्यो चिजप्रति खबरदारी गर्न सक्नुपर्छ । हामीले यो विद्यार्थी संगठन सशक्त रुपमा अघि बढोस् भन्ने चाहना छ ।’
उनले अखिल र नेवि संघले राजनीतिलाई प्रमुख मुद्दा बनाई शैक्षिक कम र राजनीति बढि देखिने गतिविधि गरेकाले अब विद्यार्थिहरुले शैक्षिक बढि र राजनीनि क्रियाकलाप कम गर्नुपर्ने टिप्पणी गरे
मन्त्री लिङदेनले आफ्नो पार्टीले देशबारे कसैसँग सम्झौता नगर्ने पनि दाबी गरे ।