विद्यार्थी संगठन नेताको स्वार्थका लागि मात्रै प्रयोग भईरहेका छन् : रविन्द्र मिश्र
काठमाडौं । राप्रपाका नेता रविन्द्र मिश्रले नेताहरुले विद्यार्थिहरुलाई आफ्नो स्वार्थको लागि मात्र प्रयोग गरेको बताएका छन् ।
शनिबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले विद्यार्थिहरु पढ्न होईन सडकमा टायर बाल्न प्राध्यापकलाई कालो मोसो दल्न र राजनैतिक दलको स्वार्थ पुरा गर्नका लागि मात्र प्रयोग भै रहेको दाबी गरेका हुन् ।
उनले भने ‘तालाबन्दी गर्न प्रध्यापकलाई कालो मोसो दल्न र राजनैतिक दलको स्वार्थ पुरा गर्नका लागि र पढ्न होईन सडकमा टायर बाल्न लगाईयो र फाईदा नेताहरुले मात्र लिए । विद्यार्थिले कलेजमा विग्रेको विषयलाई मिलाउँनको लागि आक्रमक भएर हिंसात्मक भएर होईन संयम भएर समाधान गर्न खोज्नुहोस् । ’
देशमा पदको गरिमा कसैले नराखेको कारण ४६ सालपछि देशमा जति मन्त्री प्रधानमन्त्री, राजदुत र संवैधानिक आयोगका प्रमुख भए पनि देशको हालत जस्ताको त्यस्तै रहेको उनको तर्क छ ।
उनले देश बद्लिएको हेरेर मात्र आफ्नो मृत्यु होस भन्ने आफ्नो चाहाना रहेको बताए ।