यू–२० महिला साफ : नेपाल फेरि उपविजेतामै सिमित, उपाधि बंगलादेशलाई
काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल घरेलु टिम बंगलादेश सँग ३–० ले पराजित भयो।
नेपालले पहिलो हाफको अन्त तिर दुई गोल बेहोरेको थियो। ४१ र पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गरेको बंगलादेशले तेस्रो गोल ८६ औँ मिनेटमा गरेको थियो।
सन् २०१८ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको नेपाल दोस्रो पटक उपविजेता बनेको हो ।
बंगलादेशले भने तेस्रो पटक च्याम्पियन बनेको हो । बंगलादेशले यसअघि २०१८ र २०२१ मा उपाधि जितेको थियो ।
यस संस्करणमा नेपाल बंगलादेशसँग दुई पटक पराजित भयो । चार राष्ट्र सहभागि च्याम्पियनसिपको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।