तीन दिन पछि फेला परिन न्यूयोर्कमा हराएकी ७५ वर्षीया नेपाली महिला
न्यूयोर्क, अमेरिका / गत सोमबार बिहान देखि न्यूयोर्कमा हराएकी नेपाली ७५ वर्षीया महिला तीन दिन पछि बुधवार साँझ फेला परेकी छिन्।
मोरङ लेटाङ स्थायी घरभई पछिल्लो चार महिना देखि न्यूयोर्कको क्वीन्समा बस्दै आएकी मनमाया मगर सोमबार बिहान सात बजेर चालिस मिनेट देखि हराएकी थिइन।
मगर संघ अमेरिकामा अध्यक्ष कुलदीप मगरले हराएकी मनमाया फेला परेको पुष्टी गरेका छन्।
अध्यक्ष कुलदीपका अनुसार बुधवार साँझ आठ बजे मनमाया भेटिएकी हुन्। ब्रुकलिनमा रहेको कोनिआइल्याण्ड अस्पतालमा उनी भेटिएकी हुन्।
‘घर खोज्ने क्रममा उहाँ हिडेको हिडेकै हुनु भएछ, अहिले उहाँका छोरा बुहारी अस्पताल पुगिसकेका छन्।’ अध्यक्ष कुलदीपले समाज टाइम्स सँग भने।
‘आज हामीले २४-२५ जनाको नौ समुह बनाएर खोजी गरेका थियौ, दिउसो त्यो अस्पतालमा फोन पनि गरेका थियौ छैन भन्ने खवर आएको थियो,तर साँझ भेटियो।’ अध्यक्ष कुलदीपले भने, ‘बाटोमा हिड्दा हिड्दै लड्नु भएछ, बाटोमा लडेको देखे पछि कसैले एम्बुलेन्स बोलायो होला’
अध्यक्ष कुलदीपका अनुसार मनमायाको स्वास्थ अहिले सामान्य रहेको छ।
नातिनीलाई स्कूल छोडेर फर्कने क्रममा मनमाया हराएकी थिइन। उनी श्रीमान सँगै नातिनीलाई छोड्न गएकी थिइन।
अमेरिकामा दुई दिन देखि ७५ वर्षीया नेपाली महिला बेपत्ता,अझै फेला परिनन्,खोजी कार्यमा सहयोगको अपिल