अमेरिकामा दुई दिन देखि ७५ वर्षीया नेपाली महिला बेपत्ता,अझै फेला परिनन्,खोजी कार्यमा सहयोगको अपिल

न्यूयोर्क,अमेरिका / न्यूयोर्कको क्वीन्सबाट सोमबार बिहान हराएकी ७५ वर्षीया नेपाली महिला मनमाया मगर दुई दिन हुदाँ पनि फेला नपरेको परिवारले जनाएको छ।
नातिनीलाई स्कूल छोडेर फर्कने क्रममा फेब्रअरी ६ तारिक सोमबार बिहान सात बजेर ४० मिनेट देखि उनी परिवारको सम्पर्क बिहिन भएको बताइएको छ।
४७ स्ट्रीटको ४८५६ उडसाइडमा बस्दै आएका उनी सन्नीसाइडमा रहेको स्कुलमा नातिनी पुर्याउन श्रीमान सँगै गएको जनाइएको छ।
मंगलवार राति साढे दश बजे समाज टाइम्स सँगको कुराकानीमा मनमायाका छोरा कमल थापा मगरले आमा अझै नभेटिएको बताए।
‘हिजो बिहान बा आमा दुबै जना नातिनीलाई स्कूल पुर्याउन जानु भएको, स्कूल नजिकको पार्कमा उहाँहरु छुट्नु भएछ, बा घर आउनु भयो तर आमालाई हिजो र आज खोजि जारी राखेका छौ तर अहिले सम्म भेटिएको छैन्।’
मोरङ लेटाङका मनमाया र उनका श्रीमान चार महिना अगाडि मात्र अमेरिका आएको बताइएको छ। उनीहरु छोरा बुहारी सँगै बस्दै आएका थिए। मनमायामा अग्रेजी भाषा नबुझ्ने हुदाँ पनि समस्या परेको हुन सक्ने बताइएको छ।
मगर संघ अमेरिका अध्यक्ष कुलदीप रानामगरले दिनभर विभिन्न टिम बनाएर खोजी गरिएको तर नभेटिएको बाताए।
‘टिम टिम मिलाएर दिनभरी खोजियो, अस्पतालहरुमा पनि सम्पर्क गरेका छौ, हराएको भनिएको पार्क वरपरका गल्ली, खाली ठाँउ र कुनाकाप्चामा पनि हेरियो कतै भेटिएन। समाज टाइम्स सँगको कुराकानीमा अध्यक्ष कुलदीपले भने।
यस्तै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष राजकुमार बिष्टले आफुहरुले पनि सन्नीसाइड वरिपरि खोजी गरेको बताए।
‘अघि कामबाट सिधै जिल्लाबासी साथीहरु मिलेर सन्नीसाइडमा चार पाँच फन्को मारियो तर उपलब्धी केही भएन।’ समाज टाइम्स सँग बिष्टले भने।
उनले सन्नीसाइड वरपर बसोबास गर्ने नेपालीहरुलाई मनमायाको खोजीकार्यमा लाग्न आग्रह समेत गरेका छन्।
यसै बीच न्यूयोर्क प्रहरीले पोस्टर नै प्रकासित गरेर मनमायाको खोजी शुरु गरेको छ। यद्पी यो समाचार तयार पार्दा सम्म प्रहरीले पनि थप कुनै खवर नदिएको परिवारका सदस्यको भनाई छ।

मनमायाले निलो कुर्ता सुरूवाल, रातो ज्याकेट र टाउकोमा सेतो स्कार्फ लगाएकी छिन्। उनलाई कतै भेटेमा प्रहरीलाई ९११ मा वा छोरा कमल थापा मगरलाई ९२९ ८०१ ०९९२ र बुहारी ज्योति थापा मगरलाई ६४६ ६४३ ८०७५ मा खबर गरिदिन अनुरोध गरिएको छ।