सन्दीप चाँडै टीममा फर्कीन सक्छन् : देशाई
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएपछि मन्टी देशाई सन्दीप लामिछानेलाई टीममा फर्काउन तयार भएका छन् ।
प्रशिक्षकमा नियुक्त भए लगत्तै क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा देशाईले आफ्नो टीमले उनलाई राम्रोसँग ग्रहण गर्ने बताएका छन् ।
‘उनी कसरी मैदान फर्कन्छन् भन्ने महत्वपूर्ण थियो । तर उनी मैदानमा आफ्नो भूमिका र शीपमा पूर्ण उपस्थित देखिन्छन् । टीमले पनि उनलाई राम्रोसँग ग्रहण गरिरहेको छ । उनलाई थाहा छ आफुले के गर्छुपर्छ भनेर त्यो भनेको बलिङ हो ।’ देशाईले भने।
देशाईले आफूले क्रिकेट र क्रिकेटरको भाषा बुझ्ने र सन्दीपलाई राष्ट्रिय टोलीमा राख्ने नराख्ने विषय छनोट समिती र प्रशिक्षकको भएको बताएका छन् ।
प्रशिक्षक देसाईले टीम अहिले कुन परिस्थितीबाट चलिरहेको छ भन्ने कुरालाई मध्यनजर गरेर नेपाली क्रिकेट म्याच फिक्सिङको विवादमा परेपनि त्यसलाई बिर्सिएर अगाडी बढ्ने कुरामा जोड दिएका छन् ।